होम साउद, अछाम २२ चैत्र । मंगलसेन नगरपालिकामा कोरोना भाईरस संक्रमणबाट सृजना हुने सम्भावित जोखिमको न्यूनिकरणका लागि स्वास्थ्य सुरक्षा सामग्रि बितरण कार्य सम्पन्न भएको छ । मंगलसेन नगरपालिका वडानम्वर १३ वस्तीमा सुरक्षा सामग्रि (मास्क, बाल्टिन र सावुन) हस्तान्तरण कार्य सकिएपछि सबै १४ वटै वडामा यो कार्य सम्पन्न भएको हो ।
शनिवार नगरप्रमुख पदमबहादुर बोहराले वडानम्वर १३ का अध्यक्ष प्रेमबहादुर थापा, स्वास्थ्यचौकी वस्तीका हिरा जोशी, बाँडामा वडा सदस्य मान बहादुर धामी र सहरी स्वास्थ्य क्लिनिक बाँडाका ईञ्चाज ममता धामी (बोहरा) लाई मास्क र बाल्टिन तथा सावुन हस्तान्तरण गर्नुभयो । सोही क्रममा जनचेतनामुलक सन्देश प्रवाह गर्नुका साथै वडाको वस्तुस्थिती बुझ्ने कार्य समेत गरिएको छ । कोरोना भाईरस संक्रमणको त्रासले चिन्तित बनेका गाउँवासिलाई सान्त्वना दिन र जनताको सेवा र सुविधका लागि स्थानीय सरकार निरन्तर क्रियाशिल रहेको प्रतिबद्धता ब्यक्त गर्न यो कार्य गरिएको नगरप्रमुख पदमबहादुर बोहराले बताउनुभयो ।
साथै दैनीक ज्यालादारीमा काम गर्ने (असंगठीत श्रमीक) लाई सरकारले तोकेको मापदण्डका आधारमा राहत दिनका लागि प्रतिबद्ध रहकेको उल्लेख गर्नुभयो । कोरोना भाईरसको महाँमारि भीत्रिन नदिनका लागि एकान्तवास वस्न, सरसफाई र स्वस्थ ब्यवहार अपनाउन, भीडभाडमा नजाँन र मास्क लगाउन तथा कोरोना संग मिल्दोजुल्दो लक्षण भए स्वास्थ्य संस्था वा नगरपालिकामा खबर गर्न नगरप्रमुख बोहराले नगरवासिलाई आग्रह गर्नुभयो ।
वडानम्वर १३ मा गरिएको मास्क वितरण कार्यमा नगरप्रमुख पदमबहादुर बोहरा सहित प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, योजना अधिकृत खकेन्द्र बहादुर सोडारी, स्टोरकिपर नरेश बहादुर कठायत, एमआईएस अपरेटर होम साउद, १३ नम्वर वडा सचिव डण्डीप्रसाद ढुंगानाको सहभागिता रहेको थियो ।
१४ वटै वडा कार्यालय र १२ वटै स्वास्थ्य संस्थामा नगरपालिकाको तर्फबाट नगरप्रमुख बोहराले ३ हजार १५० थान मास्क र केही वडामा बाल्टिन तथा सावुन हस्तान्तरण गर्नुभएको छ । यस्तै नगरपालिकाको तर्फबाट र स्वास्थ्य शाखा मार्फत क्वारेन्टाईनमा वसेकाहरु, सुरक्षाकर्मी, बजारिया, स्थानीय सरोकारवालालाई बितरण गरिएका १ हजार ३६ गरि ४ हजार १८६ थान मास्क बितरण गरिएको नगरपालिकाले जनाएको छ । केही वडा कार्यालय र स्वास्थ्य संस्थामा हात धुनका लागि बाल्टिन र मास्क बितरण गरिएको र अन्य वडा कार्यालय र स्वास्थ्य संस्थामा पनि बितरण गर्ने तयारी भैरहेको नगरप्रमुख बोहराले बताउनुभयो ।
यसैविच नगरपालिका र संघिय सरकारको सहयोगमा निर्माण कार्य सम्पन्न भई उदघाटन भईसकेको पिठिबान्ना–बाँडा हुदै वस्ती वडा कार्यालय सम्म सडक निर्माण सम्पन्न भई गाडी पुगेपछि नगरप्रमुख बोहरा सहितको टिमलाई स्वागत गरिएको छ । वस्ती वडा कार्यालयको तर्फबाट वडाअध्यक्ष प्रेमबहादुर थापाले अबिर र फुलमाला सहित नगरप्रमुख सहितको टोलिलाई सामाजिक दुरी कायम गर्दै स्वागत गर्नुभएको थियो । सो क्रममा नगरप्रमुख बोहराले आफुले आफ्नै कार्यकालमा गाडि चढेर वस्ती वडा कार्यालयमा पुग्ने प्रतिबद्धता जनाए अनुसार सडक निर्माण सम्पन्न भएको बताउनुभयो ।
१३ नम्वर वडाका अन्य टोल डाँडीगडे र लोडेघाटसम्म सडक पुर्याँउनका लागि पनि आवस्यक पहल गर्ने नगरप्रमुख बोहराले प्रतिबद्धता जनाउनुभयो । यस्तै स्वास्थ्य कार्यालयको भवनका लागि पनि जग्गा उपलब्ध गराउन आग्रह गर्दै नगरप्रमुख बोहराले जग्गा उपलब्ध भए भवनका लागि बजेट बिनियोजन गरिने उल्लेख गर्नुभयो ।
Discussion about this post