पवन भण्डारी , धनगढी । पछिल्लो समय कोरोना भाईरसका कारण बिश्व आतंकित भएका बेला नेपाल सरकारले सिमानाकामा रहेका जनता प्रती बेवास्था गरेको भन्दै सरकारको तिब्र आलोचना भैइरहेको छ । सिमानाकामा अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई तत्काल उद्दार गर्न नसक्ने र जो जहा छन तेतै बस्न सरकार ले आग्रह गर्दा सरकारले आलोचना खेप्नु परेको हो ।
करिब १२ दिन देखी सिमा क्षेत्रमा भोकभोकै बसिरहेका नेपालीहरु नेपाल प्रवेश का लागी सरकार सङ्ग आग्रह गरीरहेका भएपनी सरकार भने नेपाल प्रवेश गर्न नदिने अडानमा बसेको छ । सरकार ले दिएका यस्ता स्पस्टोक्त्तीका कारण सिमानाकामा अलपत्र नेपालीहरु भने सरकारको तिब्र बिरोध मा छन ।
सिमा क्षेत्रमा अलपत्र नेपालीहरुले सरकार जनता को हुनै नसक्ने भन्दै बिरोध समेत गरेका छन । नेपाल प्रवेश गर्न पाउ भन्दै सिमा क्षेत्रमा नाराजुलुस समेत गरे पनि सिहदरबारमा भने त्यो आवाज पुग्यो तर कसैले सुनेको छैन ।
नेपाली नागरिकहरु ले यतिका दिन सम्म भोक भोकै सिमानाका मा बस्दा पनि सरकार ले उनिहरुको ब्यावस्थापन गर्न नसक्नुले सरकार लाई गिज्याई रहेको छ । साथै चिनमा रहेका नेपाली बिद्यार्थीहरुका लागी हवाईजहाजको ब्यावस्था गर्ने सरकार ले भारत बाट कोहि गाडी मा त कोहि पैदल यात्रा गर्दै सिमानाका मा पुगेका जनता लाई भने सिमानाकामा भोकभोकै रोकेको छ ।
कोरेनाका कारण बिश्व नै आतंकीत बनेका बेला छिमेकी रास्ट्र भारतमा रहेका नेपाली हरु भने कोहि सिमानाका मा अलपत्र छन त कोहि भारत का बिभिन्न सहरहरुमा अलपत्र परेका छन । सरकार ले लकडाउन गर्नु राम्रो प्रयास भए पनि सिमामा रहेका नेपालीहरु लाई उद्दार गरेर नेपाल मै क्वारेन्टाइन मा राख्न सके सरकार प्रती जनताको बिस्वास कायम रहने थियो ।
अछाम घर भैइ हाल छोरीको उपचारको सिलसिलमा भारत को मुम्बैमा रहनु भएका महोन बहादुर साहले सरकार जनता प्रती गैर जिम्मेवारी भएको ले जिम्मेवारी बहन गरिदिन भन्दै पत्र लेख्नु भएको छ ।
उहाको पत्र जस्ताको तेस्तै
श्रीमान सम्माननिय प्रधानमन्त्री ज्यु
सिहदरबार काठमाण्डौ नेपाल
बिषय जिम्मेवारी बहन गरि दिन हुन।
महोदय
सबिनय सेवामा नम्र निबेदन गर्दछुकि कोरोना भाईरस महामारीले पुरै विश्वलाई घरभित्रै नजरबन्दमा थुन्यो। हल्लायो मानव बस्तिको जग,कामयाव भयनन दुनियाका चमत्कार र बैज्ञानिक पर्योगशालाहरू ।रस भरियको मान्छे भयो निरस ,पातलीदै गय मानव सम्बन्धहरू ,मान्छे देख्दा मान्छे नै डराउनु पर्ने अबश्था सृजना भयो ।संकटमोचनको यो बिशिष्ट घडीमा कैयौ नेपाली नागरिकहरू भारतका बिभिन्न शहर लगायत सिमा श्क्षेत्रमा अलपत्र परिरहेकाछन।पहुच हुनेहरू जहाज चढेर गन्तब्यमा पुग्न सफल भय पहुच नभयका भुई मान्छे मृत्यु कुरेर बस्न बाध्य भयकाछन।यसरी स्वदेश तथा बिदेशमा वेसहारा बनेका नेपालीहरूको जीवन रक्षाका लागी आफ्नो देशमा पनी सरकार छ भन्ने अनुभुती गराउन अबिलम्ब पहल चालीयोस ।
मोहन शाह
महाराष्ट भारत अछाम मंगलसैन नगरपालीका १२ बान्नातोली नेपाल
Discussion about this post