नेतृत्व तहमा बसि गैर जिम्मेवारी काम गर्ने छुट कसैलाइ छैन् : डा. भिम रावल

76
SHARES
422
VIEWS

चन्द्र प्रसाद भाट,चैत्र २२ अछाम,नेपाल कम्न्युष्ट पार्टी नेकपाका स्थाई कमिटि सदस्य एबम् नेकपा सुदूरपश्चिम प्रदेशका ईन्चार्ज डा. भिम रावलले नेपाल र भारतको सिमा मा अलपत्र अवस्थामा रहेका आफ्ना नागरीक लाई तत्काल उद्धार गरी नेपाल ल्याउने पर्ने माग गरेका छन । नेता रावलले आफ्नै जन्मभुमिमा आउन पनि नाराबाजी गर्नुपर्ने अवस्था आश्चर्यजनक भएको बताउँदै तत्काल उद्धार गर्न सरकार सँग माग गरेका हुन् । रेडियो अछामको कोरोना बिषेश कार्यक्रम चर्चा परीचर्चा  मा बोल्दै नेता रावलले सो कुरा उल्लेख गर्नुभएको हो । अलपत्र परेका आफ्ना नागरीक लाई नेपाल भित्र्याउन आफुले सँघिय सरकार सँग निरन्तर छलफल गरीरहेको बताउनु भयो ।
सिमानामा रहेका नागरीकको स्वास्थ्यमा मध्यनजर गर्दै उनिहरु लाई जतिसक्दो छिटो उद्धार गरीएन भने त्यसले झन भयाबह रुप लिने पनि उल्लेख गर्नुभयो । “रोजगारीका लागी भारतमा रहेका नेपालीहरु लाई समस्या भैरहेको छ,उनिहरु नेपाल फर्किन चाहान्छन,यसमा सँघिय सरकारले कस्तो तयारी गर्दैछ” भन्ने हाम्रो प्रश्नमा नेता रावलले भारतमा रहेका आफ्ना नागरीकलाई समस्या भएमा त्यहाँ रहेको नेपाली दुताबासमा खबर गर्न र त्यहाँ सम्बोधन नभए आफुलाई टेलिफोन मार्फत खबर गर्न आग्रह गर्नुभयो ।

कसैले आफुलाई टेलिफोन गरी उक्त समस्याको बारेमा जानकारी गराएमा आफुले नेपाल सरकार र प्रराष्ट्र मन्त्रालयमा जानकारी गराई तत्काल उनिहरुको उद्धार गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । कोरोना भाईरसले बिश्न नै आतँकित पारीरहेका बेला भारत सरकारले पनि लकडाउन लाई कडाई गरेकाले जो जहाँ हुनुहुन्छ त्यहि स्थानमा नआत्तिँकन बस्न पनि उहाँले आग्रह गर्नुभयो ।

एक अर्को प्रसँगमा बोल्दै डा. रावलले कोरोना भाईरस रोकथामका लागी स्वास्थ्य समाग्री गरीदका लागी ओम्नी समुह सँग सरकारले गरेको सम्झौता रद्ध गरी नेपाली सेना लाई जिम्मा दिने सरकारले तयारी गरीरहेका बेला त्यो कुरा कानुनी राज्यमा मान्य नहुँने पनि स्पष्ट्र पार्नुभयो । नेपाली सेनाको कार्यक्षेत्र भित्र नपर्ने कुरा नै सेनालाई जिम्मा दिनु कानुन बिपरीत हुने पनि उहाँको भनाई छ । प्राकृतिक बिपत्तिका बेला नेपाली सेनाले सहयोग गर्न सक्ने भन्दै उहाँले स्वास्थ्य समाग्री खरीदमा सेना लाई नमुछ्न सरकारलाई सुझाब दिनुभयो ।

देश कोरोनाको महामारी बिरुद्ध लडिरहेको छ,त्यसैमाथि भ्रष्टाचारको कुरा आउनु दुखद हो,रावलले भने, देश र जनता लाई आघात पुग्ने कार्य गर्ने जोकोहि लाई पनि तुरुन्त कार्बाहि गरी बर्खात गर्न माग गर्दछुँ ।प्रधानमन्त्रीका आईटि बिज्ञ सल्लाहकारले नै काठमाण्डौँ प्रेस नामक अनलाईन पोर्टल ह्याक गरी अनाधिकृत रुपमा समाचार हटाईएको बिषय प्रति यो बिषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा नेता रावलले यस्ता गैर कानुनि काम गर्नु देशद्रोहि लाई तत्काल बर्खास्त गर्नुपर्ने बताउनुभयो । राज्यको नेतृत्व तहमा बसि गैरजिम्मेवारी काम गर्ने छुट कसैलाई नभएको भन्दै उहाँले कार्बाहिको माग गर्नुभयो ।

कोरोना भाईरस बिश्वमा दिन प्रतिदिन तिब्र गतिमा फैलिरेहकाले यसबाट सुरक्षित रहन आम अछाम बासिमा आग्रह गर्नुभएको छ । यो समयमा भिडमाडमा नजान,एक अर्कासँग भेटघाट नगर्न,मास्कको प्रयोग गर्न,लकडाउनको पूर्ण रुपमा पालना गर्न र नियमित सरसफाईमा ध्यान दिन पनि जिल्ला बासिमा आग्रह गर्नुभयो ।

जिल्लामा स्वास्थ्यकर्मिका लागी सुरक्षाका समाग्रीहरुको अभाब भएको स्विकार्दै रावलले यसको ब्यवस्थापनका लागी आफुले पहल गरीरहेको पनि बताए । जिल्लाका आम नागरीक लाई खाद्यान्नको अभाब सिर्जना हुन नदिन आफु लगाएत अछामका स्थानिय तहहरुले समन्वय गरीरहका पनि बताए । यो समयामा आफ्ना परीवार सँग घरभित्रै बसि कोरोनाको सँक्रमण बाट बच्न पनि नेता रावलले जिल्ला बासिमा आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार