चैत्र २१,अछाम,नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले रामारोशन गाउँ पालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण आकस्मिक कोषमा २० हजार रुपैयाँ जम्मा गरेको छ । विश्व भरी फैलिएको नोभल कोरोना भाइरस नियन्त्रणमा हसयोग पुगोस भन्ने हेतुले कांग्रेस रामारोशन गाउँ पालिकाले सहयोग स्वरुप रकम जम्मा गरेको जनाएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी लाई पालिकाले सञ्चालन गरेको आकस्मिक कोषको खातामा जम्मा गरेको रकमको भौचर प्रदान गरि सहयोग गरिएको हो । विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रामारोशन गाउँपालिकामा पनि विदेशबाट आउने नागरिक बाट उच्च जोखिममा रहेकाले विपत व्यवस्थापनका लागि सहयोग पुग्ने बिश्वास लिएको छ ।
गाउँपालिका सरकारले सन्चालनमा ल्याएको आकस्मिक कोषमा सक्दो सहयोग गरिदिन हुन कांग्रेसले सबैमा अपिल समेत गरेको छ ।साथै कांग्रेस रामारोशनले यो विषम परिस्थितिमा स्थानिय सरकारले गर्ने राम्रा कार्यमा पुर्ण सहयोग गर्ने वचन दिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल, नेपाली कांग्रेस रामारोशन गाउँ पालिकन सचिव पुर्ण बहादुर विक, युवा नेता पुष्प बिष्ट लगायतको उपस्थिति रहेको थियो । सहयोग रकम बुझ्दै गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भण्डारीले आर्थिक सहयोग गर्ने नेपाली कांग्रेस रामारोशनलाई धन्यवाद दिदै यो संकटको समयमा सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको छ ।
Discussion about this post