कमलबजार नगरपालीकाले गर्यो पीपीई वितरण सुरु

41
SHARES
229
VIEWS

अछाम,चैत्र २१ अछाम,अछामको कमलबजार नगरपालिकामा स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई वितरण गर्न सुरु गरिएको छ । पहिलोदिन आज ६ वटा वडामा पीपीई बाडिएको छ । कोरोना भाइरस संक्रमितलाई उपचार गर्दा स्थ्यकर्मीहरुले अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने पीपीई अत्यावश्यक हुने भएकाले नगरपालिका अन्र्तगतका सबै १० वटै वडामा रहेका स्वास्थ्य संस्थामा आवश्यक मात्रामा पीपीई सेट उपलब्ध गराउने उद्देश्यका साथ नगरपालिकाले आफ्नै गाडी प्रयोग गरेर काठमान्डौंबाट मगाएका पीपीई सेट यसपछि निरन्तर अन्य वडामा समेत वितरण गर्ने तयारी भइरहेको प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आज पहिलो दिन नगरका वडा नम्बर १, २, ७, ८, ९ र १० का सबै स्वास्थ्य संस्थामा पुगेर वितरण गरिएको छ । सम्बन्धीत वडाका वडाध्यक्षको रोहवरमा पीपीई सेट हस्तान्त्रण गरिएको थियो । प्रत्येक वडामा पुगेर नगर प्रमुख ओमप्रकाश विष्ट, उपप्रमुख भुमिशरण बजगाई ९ढकाल०, प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट र स्वास्थ्य शाखा प्रमुख टंक भण्डारीले सिमित व्यक्तिहरुको उपस्थीतिमा स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री सहितका पीपीई सेट हस्तान्त्रण गर्नु भएको हो ।

पीपीई वितरणका क्रममा भारतबाट आएकाहरुको विवरण रुजु गर्नुका साथै नयाँ आएकाहरुलाई क्वारेन्टीनमा बस्न आग्रह गर्दै अन्य व्यक्तिलाई सुरक्षीत रहन समेत अनुरोध गरिएको थियो । उहाँहरुले अब यसपछि वडा नम्बर ३, ४, ५ र ६ मा समेत पीपीई वितरण गर्नुहुने छ । त्यसपछि कमलबजारका सबै वडामा कार्यरत स्वास्थ्यकर्मीहरुले ढुक्कका साथ कोरोनाका बिरामीलाई चेकजाँच गर्नसक्ने छन् । वितरण गरिएका व्यक्तिगत सुरक्षात्मक उपकरण ९पीपीईम० मा मास्क, गाउन, हेडकभर, गगल्स,ग्लोब्स आदी सामग्रीहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार