अछाम,चैत २१ । नेपालि कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुगानाले यो विषम प्रस्थितिमा सबैले राजनितिक दल भन्दा माथि उठेर काम गर्नु पर्ने वताउनु भएको छ । पाटि उपसभापति ढुगानाले यो समयमा कसैले कसैको विरोध गर्नु भन्दा पनि सबैले आ–आफनो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गर्नु भएको छ ।
रेडियो अछामको बहसमुलक कार्यक्रम चर्चापरिचर्चामा बोल्दै उहाले यो प्रस्थितिमा स्थानिय जनप्रतिनिधिले तलव भत्ता लिनहुन्न ,जनप्रतिनिधि त सेवा गर्ने पद हो भन्ने सरकारले प्रदेश देखी सँघ सम्मका राजनितिमा स्थापित जनप्रतिनिधिले सेवा सुविदा नलिने घोषणा गरेको भए हुन्थ्यो कि ? राज्यलाई आर्थिक व्यायभार कम हुने वचेको रकम जनताका लागि खर्च गर्न सकिन्थ्यो होला नि, कि कसो ? भन्दै प्रश्न गर्नु भयो ।
एक फरक प्रसगमा वोल्दै उहाले भन्नु भयो राजाले कोरोना बाट जनतालाई जोगाउन गरेको सहयोग रकमको श्रोत खोज्ने हरुलाई आन्तरिक राजस्व कार्यालयमा गएर कर बिबरण हेर्न सुझाव छ, तर नेताहरुको भ्रष्टाचार र अकुत सम्पत्ति को बिबरण जनतालाई प्रष्ट पार्न नखोज्नुमा मिलेमतो छ भन्ने पुष्टि हुदैन र । उहाले बाबुराम भट्टराईले भनेकै अनुसार आम्दानीको श्रोत नभएका ४६ सालपछिका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नपनि अनुरोध गर्नु भयो ।
जिल्लामा खाध्यान्न अभाव हुन छकी ? भन्ने जनतामा चिन्ता छ । तपाई र तपाईको पाटिको यसमा के सहयोग रहन्छ भन्ने हाम्रो प्रश्नमा कांग्रेस उपसभापति तथा युवा नेता ढुगानाले सरकार अभिभावक भएकाले जनताको सम्पुर्ण जिम्मेवारी सरकारले लिनु पर्ने वताउनु भयो ।
उहाले सरकारले यथाशीघ्र उल्लेखित सबैखाले महत्त्वपूर्ण साधन लगायत श्रमजीवी र विपन्न परिवारका लागि राहत तथा स्वास्थ्य क्षेत्रको लागि तत्काल अति आवश्यक सामाग्रीहरु जुटाई कोरोना भाइरसद्वारा संक्रमित र शंकास्पदहरुको परिक्षण र उपचार गराउन समेत अनुरोध गर्नु भयो ।
साथै, यस सम्भावित जोखिमको परिस्थितिलाई दृष्टिगत गर्दै, आफ्नै घरमा रही सरकारद्वारा घोषित “लकडाउन“ अवधीको पूर्णरुपमा पालनागर्न सम्पुर्णमा आग्रह गर्नु भयो ।यस्तो विषम परिस्थितिमा देशलाई हरेक नागरिकको सहयोगको खाँचो रहेको बताउँदै ढुगानाले विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन आपmनो पाटि र आफु जनताको सेवामा समर्पित रहेको उहाँको भनाइ छ।
Discussion about this post