चन्द्र प्रसाद भाट,२० चैत्र,अछाम,कोरोना भाईरसको सँक्रमण फैलिने सम्भावना लाई मध्यनजर गर्दै सरकारले लकडाउन लाई थप कडाई गर्ने निर्णय गरेसँगै अछाम प्रहरी पनि त्यस अभियानमा सक्रिय भएको छ । यतिबेला अछाम प्रहरी कोरोना सँक्रमणको सम्भाबित जोखिमलाई कम गर्न लगाईएको लकडाउन लाई थप कडाई गर्ने कार्यमा अघि बढेको छ ।
अछाम प्रहरी गाउँगाउँमा कोरोना बाट बच्न सकिने उपायका बारेमा माईकिङ्ग गर्ने कार्यमा अघि बढिरेको अछामका प्ररी प्रमुख डियसपि दिपक भारतीले जानकारी दिनुभयो । यो समयमा अनावश्यक भिडभाडमा नजान र एक अर्का सँग भेटघाट नगर्न पनी प्रहरी प्रमुख भारतीले आग्रह गर्नुभयो ।
लकडाउन लाई कडाई गर्नअछाम प्रहरी खटिरहेको जानकारी दिँदै उहाँले आम नागरीक हरुलाई नआँत्तिन पनि अफिल गर्नुभयो । जनताको सुरक्षाका लागी नेपाल प्रहरीले रात दिन नभनी काम गरीरहेको उल्लेख गर्दै उहाँले कोरोना सम्बन्धिका भ्रामक समाचारहरु प्रति बिश्वास नलिन पनि उहाँले अनुरोध गर्नुभयो ।
आफु मातहतका प्रहरी निकायलाई यस भाईरस बाट बच्नका लागी बिशेष निर्गानी गर्न निर्देशन दिइएसकेको जानकारी दिनुहुँदै उहाँले जिल्लाभर सुरक्षा ब्यवस्था कडा पारीएको बताए । लकडाउन कडाई गर्नमा कतै प्रहरीको उदासिनता त छैन ? भन्ने प्रश्नमा उहाँलेँ यसमा आम नागरीकलाई ढुक्क भएर बस्न सुझाब दिनुभयो ।
सरकारले जारी गरेको यो निर्देशन लाई पालना गर्दै सभ्य नागरीकको परीचय झल्काउन पनि उहाँले आग्रह गर्नुभयो । यदि सरकारी ,निर्णयको कसैले अवज्ञा गरे निजलाई कानुन बमोजिम कार्बाहिको दायरामा ल्याउने पनि उहाँले दाबि गर्नुभयो ।
जानाजान यो निर्णयको अवज्ञा गर्ने लाई प्रचलित कानुन बमोजिम ६ महिना कैद हुने पनि उहाँको भनाई छ । हाम्रा लागी नै नेपाल सरकारले यस्तो निर्णय गरेको भन्दै केहि दिन घरमै बसेर सुरक्षित रहन पनि उहाँले आग्रह गर्नुभयो ।
यो सँकटको घडिमा सुरक्षित तरीकाले आफ्ना परीवार सँगै घरमा बस्न,नियमित साबुन पानीले हात धुन,मास्कको प्रयोग गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।
Discussion about this post