सिमामा अलपत्र परेका नेपालीलाई नेपाल सरकारले नै क्वारेन्टाइनमा राख्नु पर्छ : डा. महत

52
SHARES
290
VIEWS

काठमाडौं चैत्र १९,नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश सरण महतले भारत बाट नेपाल फर्कने क्रममा सिमामा अलपत्र परेका नेपालीहरुलाई नेपाल सरकारले नै क्वारेन्टाइनमा राख्नु पर्ने बताएका छन। आज सामाजिक संजाल फेस्बुक मार्फत आफ्नो धारना सार्वजनिक गर्दै कांग्रेस सहमहामन्त्री महतले यस्तो बताएका हुन।

उनले लक डाउनका कारण सिमामा अलपत्र परेका नेपालीहरुलाई भारतले क्वारेन्टाइनमा राख्दिए हुन्थ्यो भन्ने नेपाल सरकारको सोच गलत भएको तर्क गरेका छन। उनले भनेका छन । हाम्रा नागरिकको देखभाल हामिले गर्नुपर्छू।

नेपाल भित्रको सिमानाका नजिकै क्वारेन्टाइन स्थल बनाएर अहिले सिमानाकामा अलपत्र परेकाहरूलाई क्वारेन्टाइनमा राख्न कांग्रेस सहमहामन्त्री महतले सरकार सँग माग गरेका छन। कांग्रेस सहमहामन्त्री महतले नेपाल फर्कन आतुर नेपाली नागरिकहरु लुकि छिपी देश भित्र छिर्दा झन भोलि कोरोनाको संक्रमण फैलिन सक्ने चिन्ता समेत ब्यक्त गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार