दार्चुला । भारतमा सुदूरपश्चिमका एकजनाको मृत्यु भएको छ। उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका दार्चुलाका एकजनाको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको हो। मृत्यु हुनेमा मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्ना रहेका छन्।
लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ। गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका ठगुन्ना झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले बताए।
घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हाल सम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताए। नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन्।
मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, “हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछाँै, नेपाल–भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिनुप¥यो। भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ ।” दिनेश खबरबाट
Discussion about this post