अमेरिका, १९ चैत । कोरोनाबाट संक्रमित सुदुरपश्चिम समाज अमेरिकाका महासचिब तथा व्यवसायी तथा न्यूयोर्कका बरिष्ठ समाजसेवी जीवन (जुंग) बम सहित ६ जना नेपाली सञ्चो भएर घर फर्केका छन् । संक्रमित भएपछि अमेरिकाको न्युयोर्क्स्थित माउन्ट सेन्नैइ हस्पिटल लोङआल्यान्डमा उपचार गराईरहेका बम आज सञ्चो भएर घर फर्केको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समितिका अमेरिकाका सभापति आनन्द बिष्टले बताए ।
बिष्टका अनुसार संक्रमति भएर अस्पताललाई उपचार गराईरहेका शम्भु मोक्तानजी, निमा शेर्पा, उनकी पत्नी र दुई जना छोराछोरी सहित सञ्चो भएर घर फर्केका छन् । सुदूरपश्चिमको डोटी पुख्र्यौलीली घर भएका उनी करीव् २० वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका छन् । उनको न्यूयोर्कमा दुई वटा रेष्टुरेण्ट रहेका छन् ।
अमेरिकामा संक्रमित भएका ३२ जना नेपालीको पहिचान भईसकेको र तीन सयभन्दा नेपाली संक्रमित भएको आशंका गरिएको छ । पश्चिम टुडेबाट
Discussion about this post