अछामका स्थानिय तहले यतिसम्म गरे : आईसुलेशन वार्डका नाममा बर्थिङ्ग सेन्टरका बेड देखाईयो

182
SHARES
1k
VIEWS

चैत्र १७,अछाम,कोरोना भाईरस अर्थात ( कोडि १९) ले बिश्वमा हलचल मच्चाई रहेका बेला अछाममा यसको रोकथाम र नियन्त्रणका नाममा केहि स्थानिय तहले जनताको स्वास्थ्य प्रति लापर्बाहि गरेको पाईएको छ ।

अछामको पञ्चदेवल बिनायक नगरपालीकाले आफ्ना नगरका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै पञ्चदेव बिनायक नगरपालीका वडा नः २ मा रहेको बिनायक स्वास्थ्य चौकी र कालिकास्थानमा रहेको कुच्ची स्वास्थ्य चौकीमा आईसुलेशन वार्ड तयार पारेको भनि सुचना जारी गरी मिडियामा प्रकाशन र प्रशारण गर्न लगाएको भएपनि उक्त स्थानमा आईसुलेशन वार्ड नभएको भेटिएको छ । कुच्ची स्वास्थ्य चौकीमा आईसुलेशन वार्डका नाममा बर्थिङ् सेन्टरका लागी प्रयोग गरीएका बेडहरु देखाएको पाईएको हो ।

नेपाली काँग्रेस अछामका सह–सचिब तथा पार्टि प्रबक्ता एबम् नेपाल पत्रकार महासँघ अछामका पुर्ब अध्यक्ष वेद प्रकाश तिमिल्सैना ले दिएको जानकारी अनुसार कुच्ची स्वास्थ्य चौकीमा आईसुलेशन वार्ड नभएको पाईएको हो ।

“नगरपालीकाले सस्तो लोकप्रियताका लागी झुटा प्रचार गर्यो,तिमिल्सैनाले भने,अहिले सम्म उक्त स्थानमा कुनै तयारी नभएको पाईएको छ । कुच्ची स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मि लाई कुनै जानकारी नै नदिई आईसुलेशन वार्डका नाममा गलत प्रचार गरीएको छ ।”

यता पञ्चदेवल बिनायक नगरपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझिका अनुसार नगर कार्यपालीकाको आकस्मिक बैठकले कुच्ची स्वास्थ्य चौकीमा आईसुलेशन वार्ड बनाउने निर्णय गरीएको भएपनि अहिले तयार नभएको स्विकार्नु भयो । पञ्चदेवल बिनायक नगरपालीका वडा नः ४ कालिकास्थानका वडा अध्यक्ष सज्जन बहादुर शाहीले आफ्नो वडामा रहको स्वास्थ्य चौकीमा आईसुलेशन वार्ड निर्माण गर्ने जिम्मा लिएको पनि उहाँले जानकारी दिनुभयो ।

उता वडा कुच्ची स्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष सज्जन बहादुर शाहीले यो खबरमा कुनै सत्यता नभएको दाबि गर्नुभएको छ । आफुले यो बिषयमा कुनै जिम्मेवारी पनि नलिएको दाबि गर्नुभयो । स्वाथ्य चौकीको बर्थिङ्ग सेन्टरमा प्रयोग गरीएका बेडहरु पनि प्रयोग नगरीएको समेत बताए । स्वास्थ्य चौकीमा आईसुलेशन वार्डको निर्माण पनि नगरीएको उनको भनाई छ ।

यो सँकटको घडिमा सबै नागरीकको स्वास्थ्यमा ध्यान दिनु स्थानिय तहहरुको जिम्मेवारी भएकाले सस्तो लोकप्रियताका लागी यति सम्मको लाचारीपन नदेखाई दिन र जनताको स्वास्थ्यको ख्याल गर्न पनि हामि सञ्चारकर्मि स्थानिय तहहरु लाई अपिल गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार