चन्द्र प्रसाद भाट,अछाम,कमलबजार नगरपालीका वडा नः ८ ढाँकुले कोरोना भाईरस बाट बच्न सचेतना फैलाउने अभियानको सुरुवात गरेको छ । यसको सम्भाबित जोखिमबाट बच्न वडाले बिषेश अभियान सञ्चालन गरेको वडा अध्यक्ष नैन बहादुर बिस्टले जानकारी दिनुभयो ।
उनका अनुसार वडाका नागरीकहरु लाई यस रोगको बारेमा सचेतना जगाउनका लागी वडाको पहलमा वडाका जनप्रतिनिधि,कर्मचारी र प्रहरी प्रशासन ले वडामा माईकिङ गर्ने कामको सुरुवात गरीएको वडा अध्यक्ष बिस्टले जानकारी दिनुभयो ।
यो भाईरसले बिश्व नै त्रसित पारीरहेका बेला यसको सम्भाबित जोखिमबाट सुरक्षित रहन वडाले यो असभयानको सुरुवात गरेको जनाएको छ । माईकिङ गर्ने क्रममा टोलीले कोरोना भाईरस रोगको बारेमा जानकारी,यसका लक्षण र बच्ने उपाएका.बारेमा जानकारी गराईरहेको छ ।
प्रत्येक टोलमा पुगि यसका बारेमा जानकारी गराउन सुरु गरीएको वडा अध्यक्ष बिस्टले जानकारी दिनुभयो । आफ्ना वडाका नागरीकहरु को स्वास्थ्य अवस्था लाई मध्यनजर गर्दै यो अभियानको सुरुवात गरीएको पनि उहाँले बताउनु भयो ।
नगरका अन्य वडाका आफ्ना अन्य सहकर्मि ह्रु लाई पनि यस्तै असभयानको सुरुवात गर्न पनि उहाँले सुझाब दिनुभयो । आफ्ना नागरीकको ख्याल गर्नु जनप्रतिनिधिको जिम्मेवारी भएकाले पनि आफु यसमा सक्रिय भएको उहाँको भनाई छ ।
Discussion about this post