नेकपा पञ्चदेवल नगर कमिटी द्वारा जनता माझ कोरोना सम्बन्धि सचेतना अभियान सुरु 

85
SHARES
109
VIEWS

चन्द्र प्रसाद भाट,अछाम, कोरोना भाईरसको सम्भाबित जोखिम बाट बच्न नेकपा पञ्चदेवल नगर कमिटिले बिषेश सचेतना अभियान सञ्चालन गरेको छ । नगर कमिटिले आज एक बिज्ञप्ती जारी गर्दै नगर कमिटिले यो सँकटको घडिमा सबै नगर बासिलाई सुरक्षित रहन आग्रह गरेको हो ।

नगर कमिटिका अध्यक्ष नितेश कुमार रिमाल द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा सबै नागरीक लाई यसबाट त्रसित नभई सचेतना अपनाउनु पर्ने भनिएको छ । यसबाट बच्नका लागी सरकारले लागु गरेको लकडाउन लाई पुर्ण रुपमा कार्यान्वयन गर्न सुझाब दिएको छ । आम नागरीकलाई अनावश्यक रुपमा भिडभाडमा नजान र जानै परे मास्कको प्रयोग गर्न पनि सुझाब दिईएको बताईएको छ ।

नगर भित्रका नागरीक लाई सुरक्षित रहन आग्रह गर्दै नगर कमिटिका अध्यक्ष नितेश कुमार रिमालले यो बिपदको घडिमा सबैले एकजुट हुनुपर्ने बताएका छन । यो समयमा एक अर्कालाई नभेटि सुरक्षित घरमै बस्न आग्रह गरीएको छ । नगरका जनता लाई चेतना फैलाउन नगरकमिटिले तयारी गरीरहेको पनि जानकारी गराएको छ ।

हरेक पटक सरसफाई गर्न र नियमित तातो पानीको प्रयोग गर्न पनि आग्रह गरीएको छ । कोरोना बाट ग्रसित हुनु भन्दा यो रोग लाग्न नदिनु नै उत्तम उपाए भएको पनि बिग्यप्तीमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार