मेल्लेख गाउपालिका ७ नन्देगडाद्वारा स्वास्थ्य सामाग्री बितरण

281
SHARES
393
VIEWS

अछाम । मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडाले वडावासिलाइ मास्क र सावुन वितरण गरेको छ । वडा कार्यालय र दुर्गादेवि माविको सयुक्त सहयोगमा सामाग्री वितरण गरिएको हो ।

वडा नम्वर ७ नन्देगडाको सबै टोलहरुमा महिला स्वास्थ्य स्वमसेविकाहरु मार्फत उक्त सामाग्री सबै टोलमा वितरण गरिएको हो । वडा कार्यालयले ८०० पिस मास्क र ६३३ पिस सावुन वितरण गरिएको वडा अध्यक्ष नरवहादुर साउदले वताउनुभयो ।

नन्देगडामा रहेको दुर्गादेवि माविले २०० पिस मास्क र १७२ पिस सावुन वडा कार्यालयलाई उपलब्ध गराएको अध्यक्ष साउदले वताउनुभयो । सबैलाई सुरक्षित रुपमा घरमै बस्न तथा सतर्कता अपनाउन सल्लाह दिदै वडा अध्यक्ष साउदले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य संस्था मा सम्पर्क गर्नपनि आग्रह गर्नुभएको छ ।

सामाग्री वितरण कार्यक्रममा वडा सदस्य टंक बुढा, अमर लुहार, जमुना दमाई लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार