चन्द्र प्रसाद भाट,अछाम,कमलबजार नगरपालीकाका नगर उप–प्रमुख भूमिशरण ढकाल (बजगाई) ले कोरोना भाईरस अर्थात (कोभिड १९) सँक्रमण बाट बच्न र यसको रोकथाम तथा नियन्त्रणका लागी कमलबजार नगरपालीका तत्पर रहेको बताउनु भएको छ । रेडियो अछाम लाई सँक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले यसको रोकथामका लागी नगरपालीकाले सबै ब्यवस्था मिलाई सकेको जानकारी दिनुभएको हो ।
बिश्व नै त्रसित पारीरहेको यस भाईरसले पछिल्लो समय झनै बिकराल रुप लिईरहेकाले यसबाट सुरक्षित रहन उपप्रमुख बजगाईले आफ्ना नागरीक लाई अपिल गर्नुभयो । नगरपालीकाले निर्माण गरेको १३ शैयाको क्वारेन्टाईनमा बस्न अहिले कोहि पनि सम्पर्कमा नआएको जानकारी दिनुहुँदै उहाँले कोहि क्वारेन्टाईनमा बस्नका लागी सम्पर्कमा आए क्वारेन्टाईन तयारी अवस्थामा रहेको पनि बताउनुभयो ।
शहर तथा बिदेशबाट घर फर्किएका आफ्ना नगरका जनताको स्वास्थ्य लाई मध्यनजर गर्दै नगरपालीकाले क्वारेन्टाईन स्थापना गरेको उहाँले जानकारी दिनुभयो । कोरोनाको सँक्रमणल बाट बच्नका लागी नगरका १० वटै सचेतना फैलाउने गरेको पनि उहाँले जानकारी दिनुभयो ।
केहि दिन अघि आफ्नो नगरपालीकामा कोहि ब्यक्ति लाई कोरोनाको सँका लागी जिल्ला बाहिर रिफर गर्नुपर्ने भए त्यसका लागी आवश्यक सबै आर्थिक ब्यवस्था नगरपालीकाले नै बेहोर्ने नगर प्रमुख ओम प्रकाश बिस्टले दिएको प्रतिक्रिया स्वागत योग्य रहेको भन्दै उहाँले आम नागरीक लाई नआत्तित तथा सुरक्षित हुन पनि आग्रह गर्नुभयो ।
आफ्ना नागरीक लाई केहि समस्या परे नगरपालीकामा २ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेको र यसले पनि नपुगे नगरपालीकाको गाडी पनि प्रयोग गर्न सकिने उनको भनाई छ । यो समयमा अनावश्यक भिडभाडमा नजान आग्रह गर्दै उहाँले सुरक्षित तरीकाले केहि दिन घरमै बस्न सुझाब दिनुभयो । यो समयमा कसैसँग भेटभाट नगर्न पनि आग्रह गर्नुभयो ।
Discussion about this post