अछाम – नेपाली काग्रेस अछामले कोरोना भाईरस कोभिड १९ को सक्रमणको जोखिम बढिरहेको हुँदा जिल्लामा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले जारिगरेको लकडाउन आदेशलाई पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ ।
नेपाली काग्रेस अछामले शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दे बिषेश गरी भारतमा गाउ फर्किएकाहरुलाई मुलुकको बिषम परिस्थीतिलाई बुझि कम्तीमा पनी १४ दिनसम्म क्वारेन्टाईनमा बसिदिन आग्रह गरेको छ । बिदेश बाट आएका आमा बुवा , दाजुभाइ तथा दिदि बहिनीहरुले झर्को नमानी चौध दिन सम्म क्वारेन्टाइन बसेर राष्ट्र प्रतिको दायित्व र देश प्रति आफ्नो कर्तव्य पुरागर्नुहुनेछ भन्ने नेपाली अपेक्षा छ भनेर काङ्ग्रेस अछाम द्वारा जारि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
अछाम जिल्ला कार्यासमितीका सभापति भरत कुमार स्वार र सहसचि तथा प्रवक्ता वेददप्रकाश तिमिल्सैनाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भारतका विभिन्न शहरमा होटेल , रेस्टुरेन्ट लगायत अन्य क्षेत्रमा काम गर्ने अछाम जिल्लाका बिभिन्न गाउपालिका दाजुभाइ लाई काम बाट निकाले पछि अलपत्र परेको सुन्नमा आएकोले प्रदेश सरकार र संघिय सरकारले ती अलपत्र नागरिकको उद्धारका तत्काल पहल चाल्नका लागि माग पनि गरिएको छ ।
शुक्रबार जारी बिज्ञप्तीमा कोरोना बिरुद्धको अभियानमा लाग्न सम्पुर्ण नेता कार्यकर्ताला लाई अनुरोध पनि गरिएको छ । जिल्लामा केन्द्र र प्रदेश सरकारको गैरजिम्मेवार प्रवृत्तिका कारण कोरोना कोभिड–१९ को रोकथाम र उपचारमा चाहिने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायता अत्यावश्यक सामाग्री जिल्लाका अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइन, आइसोलेसन केन्द्र , सहायता कक्षमा उपलब्ध हुन नसकेको भन्दै तत्काल उपलब्ध गराउन जोडदार माग गर्दछौ काङ्ग्रेस अछामको बिज्ञप्तिमा भनिएको छ ।
Discussion about this post