हामी छौँ त यो सृष्टि छ : प्रमुख जिल्ला अधिकारी पौडेल

19
SHARES
106
VIEWS

चैत्र १३,अछाम ,अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले लकडाउनको पुर्णरुपमा पालना गर्न जिल्लावासीमा आग्रह गर्नुभएको छ ।

जिल्लामा कोरनाको उच्च जोखिम भएकाले लकडाउनको पुर्ण पालना गर्दै घरभित्र बस्न उहाँले आग्रह गर्नुभएको हो ।

जिल्लालाई लकडाउन गरेर घरभित्रै बस्न गरेको आग्रह जनताकै हितका लागी भएकाले दत्तचित्त भएर सरकारको निर्णय कार्यान्वयन गरि सम्पुर्ण जिल्लावासी नागरिकले आफ्नो कर्तब्य पुरा गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले अत्यावश्क काम बाहेक कोहीपनि घरबाहीर निस्केमा कडा कार्वाही गरिने समेत चेतावनि दिनुभयो ।

उहाँले हालसालै भारतबाट जिल्लामा भित्रीएकाहरुको लगत संकलन गरि तत्काल क्वारेन्टाईनमा राखिने समेत उल्लेख गर्नुभयो । बिगत १५–२० दिन यता भारत तथा अन्य मुलुकबाट जिल्ला भित्रिएकाहरुको लगत संकलनका लागी जिल्लाका ९१ वटै वडासंग समन्वय भईसकेको र उनिहरुको लगत संकन भईरहेको सिडियो पौडेलले बताउनुभयो ।

यस्तै अहिलेको बिसम परिस्थितीमा जिल्ला बन्दको अवसरपारी कोहीकसैले कालोबजारी गरेको थाहा भएमा कडा भन्दा कडा कार्वाहि गरिने पनि सिडियो पौडेलले उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार