अछाम । अछामको ढकारी गाउँपालिका वडा न ४ को बलातामा चट्याङ लागेर २ बालिका घाइते भएका छन । आइतवार जङ्गलबाट गोरु लिएर घर फर्कदै गर्दा बाटोमा चट्याङ पर्दा दुई बालिका सहित २ गोरु २ गाई एक बाच्छालाई चट्याङ लागेको हो ।
चट्याङ लागेर दुई गाई, २ गोरु र एउटा बाच्छा समेत मरेको वडा अध्यक्ष भक्त बहादुर बुढाले जानकारी दिनु भयो । घाइते हुनेमा ढकारी गाउँपालिका ४ का हरि बुढाकी १३ बर्षिया छोरी धनुसा बुढा र धर्म बुढाकी ७ बर्षिया छोरी मनिसा बुढा घाइते भएको ढकारी प्रहरी चौकिका प्रहरी उपनिरीक्षक मदन बहादुर धामीले जानकारी दिनु भयो ।
घाइते दुबै बालिकाको बलाता स्वास्थ्य चौकिमा उपचार भइरहेको छ । अहिले घाइतेको अवस्था सामान्य छ ।
Discussion about this post