बान्नीगढि गाउँपालिकामा हाल सम्म सञ्चालित योजनाको काम उदासीनता

31
SHARES
172
VIEWS

दिनेश केशी,अछाम

योजना तर्जुमा प्रकृया सम्बन्धि अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रम बान्नीगढि जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।

मालिका बिकास संघको समन्वय तथा गाउँपालिकाको आयोजनामा जनप्रतिनिधी,सरोकारवाला तथा कर्मचारीहरुका लागी बार्षीक योजना तथा बजेट तर्जुमा अभिमुखिकरण कार्यक्रम गाउँपालिकाको सभा हलमा मंगलबार सम्पन भएको हो ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षताकमा भएको अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शैलेश राज ढुंगानाले गाउँपालिकामा सन्चालित बजेट तथा योजना तर्जुमाका चरणहरु,स्रोत अनुमान र कुल बजेट समिा निर्धारण, राजस्व परामर्स समितीको काम कर्तब्य र अधिकार लगायतका बिषयमा प्रस्ट पार्नु भएको थियो ।

यस्तै अभिमुखिकरण कार्यक्रममा मालिका बिकास संघका कार्यक्रम संयोजक रतन रावलले गाउँपालिकामा सन्चालित आर्थीक बर्ष २०७६,७७ को निती र बार्षिक कार्यक्रम बिचको तुलना, कार्य क्षेत्र अनुसार बजेट तथा योजना बितरणको अवस्थाको बिषयमा प्रस्ट पार्दै गाउँपालिकामा सन्चालित योजनाहरु अझै सहि तथा पारदर्सी ढंगबाट सन्चालन हुन नसकेकाले आगामी दिनमा सबै जनप्रतिनिधी तथा सरोकारवाला निकायले डटेर लाग्नु पर्ने कुरा औल्याउनु भएको थियो ।

साथै अभिमुखिकरण कार्यक्रममा बिश्व त्रसित बनाइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायाका बिषयमा गाउँपालिका स्वास्थ्य साखा संयोजक बसन्त  रावलले जानकारी गराउनु भएको थियो । अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लोग बहादुर साउँद, वडा नम्वर २,३,४,५ र ६ का वडा अध्यक्ष कार्यपालिका सदस्य, राजनितिदलका प्रतिनिधी,महिला सन्जालका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । भने अभिमुखिकरण गोष्टिको सन्चालन गाउँपालिकाका साखा अधिकृत झनक राज रेग्मीले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार