कोराेना भाइरसका कारण गाँज्रामा हुने धार्मीक महोत्सव स्थगित

494
SHARES
142
VIEWS

चैत ३, अछाम । बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्रामा नव निर्मीत वर्दादेवि मन्दिरको प्राण प्रतिष्ठा सहीत धार्मीक महोत्सव कोरना भाइरसको जोखीम बढेको भन्दै अनिश्चीत समयको लागी स्थगित गरीएको छ ।

आज बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको प्रमुख आथित्यतामा बसेको बैठकले अनिश्चीत समयको लागी सार्ने निणर्य गरेको हो ।

प्राण प्रतिष्ठा महोत्सव एवम् नमाहा ज्ञान महायज्ञ समीतीका अध्यक्ष नर बहादुर खड्काको अध्यक्षतमा बसेको बैठकमा जिल्ला समन्वन समीतीमा सदस्य शीव बहादुर तिरुवा,बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ का अध्यक्ष हिरिण्ड बहादुर खड्काको उपस्थीती रहेको नैन बहादुर तिरुवाले जानकारी दिनु भयो ।

गाउँपालिका वडा नं १ गाज्रा यही चैत १२ गते देखि २१ गते सम्म धार्मीक महोत्सव एवम् नमाहा ज्ञान महायज्ञका साथै नव निर्मीत मन्दिरको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार