पंखबहादुर शाही ,दैलेख । अछामको तुर्माखाँद गाउँपालिकामा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–५ नाडा बैँस निवासी रामबहादुर शाहीकी छोरी १८ बर्षिया दुर्गा शाहीको सनिबार बेलुका साढे ४ बजेतिर घर नजिकै रहेको साजको रुखबाट लडेर उपचार गर्न सुर्खेर्त लैजाँदै गर्दा बिच बाटोमै मृत्यु भएको प्रहरी चौकी तुर्माखाँदले जानकारी दिएको छ ।
प्रहरी चौकी तुर्माखाँदका सहायक प्रहरी निरिक्षण लालबहादुर सुनारले उपचार गर्न लैजाँदै गर्दा दैलेख र सुर्खेतको सिमाना रातानाङ्ला नजिकै आईतबार बिहान ३ बजेतिर मृत्यु भएको खबर आफुलाई प्राप्त भएको बताए ।
पारिवारिक स्रोतका अनुसार समयमा नै उचार नहुँदा मृत्यु भएको हो । अछामको दुर्गम क्षेत्र भएकाले नाडा, तुर्माखाँद,गैटाणा, विनायक, दैलेख हुँदै सुर्खेत लैजाने क्रममा उनकाे बिचबाटोमा मृत्यु भएको हो ।
दुर्गा कालिकाश्वरी माध्यामिक विद्यालय गाविसमा कक्षा १० मा अध्यनरत छात्रा हुँन् । ‘रुखमा घाँस काट्ने क्रममा लडेर उनकाे टाउकोमा धेरै चोट लागेको थियो ।’
Discussion about this post