अछाम । चौरपाटी गाउँपालिका वडा नं.४ पायलका एक जनाको भारतको पलियामा दुर्घटनामा एक जनाको ज्यान गएको छ । वडा नं.४ पायलमा बस्ने ४१ वर्षीय हर्क सुनारको भारतबाट अछाममा आउने क्रममा अटोबाट खसेर ज्यान गएको भारतबाट स्थानीय राजबहादुर कुँवरले जानकारी दिनुभयो ।
मुम्वईबाट पलिया पुगेपछि नेपाल आउने क्रममा सामान बसमाबाट झार्न क्रममा लडेर उनको ज्यान गएको हो । अटो र वसको सहायता लिएर बसबाट सामान झार्न क्रममा अटोबाट खसेर सख्त घाईते भएका थिए ।
अटोबाट खसेर सख्त घाईते भएका सुनारको उपचारको लागि अस्पताल लैजाने क्रममा वाटोमै ज्यान गएको आफन्तले जानकारी दिएका छन् । मृत्यक सुनारका दुई छोरा दुई छोरी रहेका छन ।
Discussion about this post