बलात्कार’ आरोपमा नेकपाका प्रदेश सांसद अक्कल रावल पक्राउ

276
SHARES
1.5k
VIEWS

काठमाडौं । ‘बलात्कार’को आरोपमा कैलालीबाट एकजना प्रदेश सांसद पक्राउ परेका छन् ।तत्कालीन एकीकृत माओवादी पार्टीबाट अछाम जिल्लाबाट निर्वाचित सांसद अक्कल रावल ‘बलात्कार’ आरोपमा पक्राउ परेको प्रहरीले जानकारी गराएको छ ।

फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले ‘बलात्कार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरीमा उपस्थित भएका थिए ।

उपस्थित भएका सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । सांसद रावलको भनाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, “उहाँले ममाथि लगाइएको आरोप निराधार हो । म मुद्दा फेस गर्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार