तपेन्द्र धामी , अछाम । पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष स्व. पदम बहादुर धामीको निर्ममतापूर्वक हत्या भएको मंगलबार एक महिना पुगिसकेको छ । सोही घटनाको विषयलाई लिएर पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का स्थानिय बासी र पिडित परिवारले आईतबार देखि वडा नम्बर २ मा १ हप्ताको बन्दको घोषणा गरेकाहुन् ।
फाल्गुन १८ गते आईतबार देखि वडा नम्बर २ मा रहेका विद्यालय , सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द रहेका छन् । बन्दका कारण वार्षिक परिक्षा नजिकिदै गरेका विद्यार्थीहरु प्रभावित बनेकाछन् ।
नगरपालिका र नगरपालिकाका अन्य ८ वटा वडाहरु कार्यपालिकाको निर्णय अनुसार खुलिसेके पनि २ नँ. वडा कार्यालय वडाध्यक्षको हत्यारा पत्ता नलागे सम्म बन्द रहने बताईएको छ ।
वन्दका कारण वडा नम्बर २ मा वित्तिय कारोबार सन्चालन गरिरहेको किसान माईक्रोफाईनान्स र हातेमालो बचत तथा ऋण सहकारी सँस्था लिमिटेड बन्द रहँदा सँस्थाहरु मत्र नभई सेवाग्राहिहरुमा समेत प्रभाव परेको छ ।
वडा बन्दका कारण शैक्षिक सँस्था मात्र नगई विभिन्न सरकारी तथा गै्सरकारी सँस्थाहरुको दैनिक कामकाजमा समेत समस्या भएको छ । उता पिडित परिवार तथा वडा नम्बर २ का स्थानीय बासीले वडाध्यक्षको हत्या भएको १ महिना वितिसक्दा पनि हत्यारा पत्ता नलागेका कारण हत्यारा पत्ता नलागे सम्म बन्दा कार्यक्रमहरु निरन्तर जारी राख्ने बताउँदै आएकाछन् ।
Discussion about this post