तपेन्द्र धामी ,अछाम । पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा छाउ गोठ भत्काउने अभियान तिब्र रुपमा अगाडि बढेको छ । आज वडा नम्बर २ का विभिन्न टोलहरुमा १५ वटा छाउगोठ भत्काईएका हुन् ।
वडा स्थित जनप्रतिनिधि,राजनितिक दल प्रहरी,प्रशासन,शिक्षक , महिला अगुवा लगायतको सक्रियतामा वडामा आजबाट छाउगोठ भत्काउने अभियान तिव्र पारिएको हो । गत पौष १० गते जिल्ला सदरमुकाम मँगलसेनमा भएको सर्वदलिय,सर्वपक्षीय बैठकको निर्णय अनुसार जिल्लाका सवै स्थानिय तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाढी बढाए तापनि पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का स्व .वडाध्यक्ष पदम बहादुर धामीको गत माघ २० गते निर्मम हत्या भएकोले कायृक्रम स्तगीत भएकोथियो ।
जिल्ला प्रशासन कार्यालय अछाममा भएको सर्वपक्षीय निर्णय अनुसार माघ मसान्त भित्र जिल्लाका ९१ वटै वडा,फागुन १५ भित्र पालिका तथा नगरपालिका र फागुन मसान्त भित्र जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी अगाढी बढाईएको थियो ।
यसै बिच पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा सदस्य ललित बहादुर शाहीले छाउगोठ भत्काउने अभियान तिव्र पारिनु सुखद रहेको बताउनु भएको छ ।
अछाम जिल्लामा छाउगोठमा बसेकै कारण दर्जन भन्दा बढि महिला तथा किशोरीले ज्यान गुमाउदा समेत चेतनाको बिकास नभएका कारण सरोकारवालाको सक्रियतामा छाउगोठ भत्काउनु सकारात्मक रहेको वडा सदस्य शाहीले औल्याँउनु भएको हो ।
छाउगोठ भत्काउने असिभयान क्रममै पन्चदेवल विनायक नगरपालिका वडा २ का नेपाल कम्यूष्ट पार्टी नेकपाका वडा कमिटी अध्यक्ष कृपा बहादुर धामीले जिल्लाका महिला जनप्रतिनिधि,शिक्षीका ,महिला स्वास्थ्य स्वमसेविका शिक्षित विद्याथीहरु लगायत अगुवाहरु नै छाउगोठमा बस्नु लज्जास्पद रहेको समेत बताउनु भएको छ ।
यस्तै अभियानकै क्रममा वडा नम्बर २ का नेपाली काँग्रेसका वडा सभापति महारुप धामीले वडामा छाउगोठ भत्काउने अभियान निरन्तर अगाडी बढाउने र छाउगोठ भत्काउने अभियानमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
अभियानकै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चदेवल विनायक नगर समितीका सँयोजक रण बहादुर शाहीले वडाभित्रका भद्रधलादमीकै घरमा हाल सम्म पनि छाउगोठ रहनु दुखद भएको बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय विनायकका ईन्चार्ज प्रमानन्द जोशीले आज पन्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ को कोट,ठाँटी,बटालीगाउँ, लादेगडा,बेडुगडा लगायतका टोलमा १५ वटा छाउगोठ भत्काईएको बताउनुभयो ।
साथै उहाँले पहिलो चरणमा सरोकारवालाहरुको सहकार्यमा छाउगोठ भत्काईएको र त्यसपछि पुनः गोठ भत्काईको ठाउँमा अनुगमन गर्ने र कोहि पनि व्यक्ति छायगोठ बसेको छ वा कसैले बस्न बाध्य बनाएको भए नेपाल सरकारको नियमानुसार कार्बाहकिो प्रक्रिया अगाडी बढाउने समेत बताउनुभएको छ ।
आजबाट सुरु भएको छाउगोठ भत्काउने अभियान निरन्तर जारी रहने बताईएको छ । अभियानमा पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का जनप्रतिनीधी,विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधी,सुरक्षाकर्मी,शिक्षक लगाएतको सहभागीता रहेकोथियो ।
Discussion about this post