पूर्ण बहादुर खड्का, फागुन ११ अछाम । अछाम जिल्लाको बयालपाटा अस्पतालमा स्त्री तथा प्रसुती रोग सम्बन्धी निशुल्क उपचार तथा शल्यक्रिया शिबिर सुरु भएको छ । आज एक कार्यक्रमका बिच शिबिरको उद्घाटन गरिएको छ ।
महेन्द्र कुवँर प्रतिष्ठान अछामका अध्यक्ष महेन्द्र कुवँरले आफ्ना बुवा रामबहादुर कुवँर र आमा गंगादेवि कुवँरको हात बाट रिबन कटाएर शिबिर उद्घाटन गराउनु भयो ।
५ दिन सम्म हुने शिबिरमा सुरुका ३ दिन फागुन १९ देखि २१ सम्म स्त्री तथा प्रसुती रोग सम्बन्धी उपचारका साथै आवश्यक परेका बिरामीको शल्यक्रिया समेत गरिने शिबिरमा संलग्न बिशेषज्ञ डाक्टर अतित पौडेलले बताउनु भयो ।
उहाँका अनुसार शिबिरमा आउने बिरामीको प्रकृति हेरेर उपचार मात्रै वा शल्यक्रिया के गर्ने भन्ने एकिन गरिने छ । निुशल्क शिबिरको अन्तिम ३ दिन अर्थात फागुन २१ देखि २४ सम्म आँखा सम्बन्धी रोगका बिरामीको उपचार र आवश्यक परेका बिरामीको शल्यक्रिया समेत गरिने आयोजकले जनाएको छ ।
शिबिरको उद्घाटनको अवसरमा बोल्दै प्रतिष्ठानका अध्यक्ष कुवँरले अछाम जिल्ला आफ्नो जन्मथलो भएकाले आफुले यस क्षेत्रका जनताको लागि सहयोग गर्न चाहेको उल्लेख गर्नुभयो । साथै उहाँले अछाम जिल्ला दुर्गम भएकाले पनि यस क्षेत्रका जनताको सहजै स्वास्थ्यमा पहुँच नभएकाले पनि स्वास्थ्य शिबिरको आयोजना गरिएको बताउनु भयो ।
यस क्षेत्रका धेरै जसो पाठ्यघर खस्ने, आङ्ग खस्ने र आँखाको समस्या धेरै भएको भन्ने सुनेका कारण सोही अनुसारको शिबिर संचालन गरिएको उहाँको भनाई छ । आगामी दिनमा पनि यस्तै जनताको सेवामा काम गर्ने लक्ष्य रहेको प्रतिष्ठानले जनाएको छ ।
Discussion about this post