पन्चदेवल विनायक नगरपालिका २१ दिन पछि खुल्यो

137
SHARES
760
VIEWS

तपेन्द्र धामी/अछाम । पन्चदेवल विनायक नगरपालिका २१ दिन पछि खुलेको बताईएको छ । पन्चदेवल विनायक नगरपालिका नगरकार्यपालिकाको आज बसेको बैठकले नगरपालिका र वडा कार्यालयहरु ख्ुल्ला गर्ने निर्णय गरेको हो ।

पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाको अध्यक्षतामा भएको बैठकले गत माघ २० गते पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष स्व।पदम बहादुर धामीको हत्या भएको आजसम्म पनि हत्यारा पत्ता नलागेको हुंदा सो घटना सम्बन्धमा दुःख व्यक्त गरिएको छ ।

बैठकले उक्त घटनाको सत्य तथ्य छानविन गरि चांडो भन्दा चांडो अपराधिलाई पहिचान गरि सम्बन्धीत निकायमा कडा भन्दा कडा कार्बाहीको माग गर्ने, गत माघ २३ गतेको कार्यपालिकाको बैठकमा नगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय भएबमोजिम लामो समयसम्म सेवाग्राहीहरु मर्कामा परेकोले आजका मितिबाट नगरपालिका र वडा कार्यालयको सेवा सुचारु गर्ने लगायतका निर्णय गरिएको बताईएकोछ ।

बैठकमा नगर उप प्रमुख अम्बिका चलाउने लगायत नगरकार्यपालिकाका सदस्यहरुको सहभागीता रहेकोथियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार