अछाम पुगेर पूर्वमन्त्री बडुले भने : ’कम्युनिस्ट सरकार सबै नेपालीको हुन सकेन’

20
SHARES
110
VIEWS

अछाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुले वर्तमान सरकार नेपाली जनताको नभएर नेकपाको मात्र भएको आरोप लगाएका छन्। नेपाल प्रेस यूनियन अछामले बुधबार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बडुले राज्यका संवैधानिक निकायहरु पनि सरकारको प्रभावमा परेर काम गरिरहेको आरोप लगाए।

‘अख्तियार सरकारको प्रभावमा परेर काम गरिरहेको छ’ बडुले भने–‘भ्रष्टाचारीलाई कारवाही गर्नमा कांग्रेसको बिरोध हैन तर कानुनको प्रयोग विभेदपूर्ण भयो यसमा कांग्रेसको गम्भीर आपत्ति छ।’

न्यायालयले सहि र गलत छुट्याउला तर त्यह ापुर्याउने बाटो नै गलत भयो ललितानिवास प्रकरण बारे बोल्दै बडुले भने । सरकारले ल्याउन लागेका प्राय कानुन संविधानको मर्म विपरित रहेको उनले दाबी गरे।

पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना बन्नुपर्नेमा बडुले जोड दिए । एमसीसी आवश्यक छ भनेर कांग्रेस नेतृत्वको सरकारले हस्ताक्षर गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार