टेकराज भण्डारी, फागुन ७, अछाम । अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर बिष्टले हरेक युवाले लोकतान्त्रिक पद्धतिलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा आज क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बिष्टले नेपालमा प्रजातन्त्र एवं लोकतन्त्र स्थापना पश्चात नागरिकले आफ्नो हक, अधिकार प्राप्त गरेका र यसलाई थप मजबुद बनाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
दिवसको अवसरमा क्याम्पसले “लोकतन्त्र कार्यान्वयनमा युवाहरुको भूमिका” विषयक बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो । निरंकुशताका बिरुद्ध युवाहरुले आन्दोलन मात्रै होईन, बलिदानी समेत गरेकाले अब यसको कार्यान्वयनका लागि समेत युवा जागरुक हुनुपर्ने उहाँको भनाई छ ।
क्याम्पसले आयोजना गरेको “लोकतन्त्र कार्यान्वयनमा युवाहरुको भूमिका” बिषयक वक्तृत्वकला प्रतियोगितामा टेकराज भण्डारी प्रथम, सरस्वती केसी द्धितीय, रमिति बुढा तृतीय र बहादुर साउँद शान्तवना भएका छन् । प्रतियोगितामा १२ जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगिहरुले “लोकतन्त्र कार्यान्वयनमा युवाहरुको भूमिका” बिषयमा रचनात्मक बिचार पेश गरेका निर्णायक मण्डलका संयोजक प्राध्यापक मान बहादुर बुढाले बताउनु भयो ।
कार्यक्रमको समापन गर्द क्याम्पस प्रमुख बिष्टले अछाम बहुमुखी क्याम्पसले निरन्तर अतिरिक्त क्रियाकलाप गरिरहेको र आगामी दिनमा समेत विद्यार्थीका प्रतिभा र क्षमता बाहिर ल्याउन यस्ता खालका कार्यक्रम गरिरहने प्रतिबद्धता जनाउनु भयो ।
शैक्षिक भ्रमणको समिक्षा ,,ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा भ्रमण सफल भएको निष्कर्श
अछाम बहुमुखी क्याम्पसले यही फागुन ३ गते जिल्लाको सुरैँकोटमा गरेको शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रमको समिक्षा गरेको छ । जसमा जिल्लाको प्रमुख पर्यटकीय गन्तब्यमा तथा नेपालकै एक सय पर्यटकीय क्षेत्रमा परेको सुरैँकोट क्षेत्रमा गरिएको शैक्षिक भ्रमण पूर्ण रुपमा सफल भएको निष्कर्श निकालिएको संयोजक सरस्वती केसीले बताउनु भयो ।
शैक्षिक भ्रमणमा विद्यार्थी र प्राध्यापक गरी करिब १ सय ६० जना सहभागि भएका, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सुरैँकोट क्षेत्रका विभिन्न ठाउँहरुको अवलोकन गरिएको र नेपाल भ्रमण बर्षलाई सघाउ पु¥याउन समेत भ्रमण सफल भएको क्याम्पसले जनाएको छ । शैक्षिक भ्रमणमा ४२ हजार ९ सय बराबरको आयव्यय विवरण प्रस्तुत गरिएको थियो । जनक थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा प्राध्यापक तथा विद्यार्थीहरुले सुझाव समेत दिएका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले भ्रमण सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नेपाल भ्रमण बर्ष चलिरहेकाले आगामी दिनमा समेत पर्यटकीय क्षेत्रको भ्रमण गरिने बताउनु भयो । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख प्राध्यापक नृप बहादुर चाड, शिक्षण विभाग प्रमुख हरकसिंह धामी, डम्बर बोगटी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप प्रमुख झपट केसी गर्नुभएको थियो ।
Discussion about this post