पञ्चदेवल विनायक नगरपालिकाले प्रजातन्त्र दिवश नमनाउने

567
SHARES
386
VIEWS

अछाम । आज फागुन ७ गते  राष्टिय प्रजातन्त्र दिवश यसपाली पनि अछाममा भब्य रुपमा मनाईने भएको छ । केन्द्र सरकारको पत्राचार अनुसार अछाममा पनि आज दिवश मनाउन लागीएको हो ।

जस अनुरुप अछामका १० ओटा स्थानिय तहहरुले मध्य ९ ओटा स्तानिय तहले मात्र प्रजातन्त्र दिवश भनाउने भएका छन । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले यसपालि प्रजातन्त्र दिवश नमनाउने भएको छ ।

माघ २० गते राती रहस्यमय मृत्यु भएका वडा नम्बर २ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्याराको दोषीलाई पत्ता नलागायसम्म नगर बन्द गर्ने निर्णय भएबमोजिम आज कुनै कार्यक्रम नगर्ने भएको हो । वडाअध्यक्षको रहस्यमय हत्या पछि आफन्त र नगरपालिका एवं प्रशाशनको रोहबरमा छलफल गरि दोषी पत्ता नलागेसम्म नगरभरीको कामकाज नगर्ने नगर कार्यपालिकाले निर्णय गरेको थियो । मृतकका आफन्तले हत्यारा पत्ता नलागे सम्म नगरपालिकामा कुनै क्रियाकलाप गर्न नदिने चेतावनि दिदै आएकाछन् ।

यस्तै हिजो राष्टिय प्रजातन्त्र दिवशको पुर्ब सन्ध्यामा सदरमुकाम मँगलसेन बजार सरसफाई गरीएको छ । मँगलसेनको जिल्ला अस्पताल अछम,अछाम क्याम्पस हुँदै बैरागी धारा सम्मको बजार क्षेत्रमा सरसफाई गरीएको हो ।

बजार क्षेत्रमा रहेको कुहिने तथा नकुहिने फोहोर लाई नगरपालीकाको पहलमा उठाईएको मँगलसेन नगरपालीका का नगर प्रमुख पदम बहादुर बोहराले बताउनु भएको छ। एक फरक प्रसँगमा बोल्नुहुँद्यै नगरप्रमुख बोहराले युद्धकालीन अवस्थामा रहेको नेपाललाई बिर योद्धाहरुले आफनो ज्यानको बलिदानी समेत दिई नेपाललाई शान्ती प्रक्रियामा पुगाउने बिर योद्धालाई कहिलै भुल्न नहुने उनको भनाई छ । सहिदले देखाएको बाटोलाई अगाल्दै हामीले अगाडी बढन सके सहिदको सपना पुरा हुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार