अछाम,मँगलसेन नगरपालीकाका उप–प्रमुख सरीता उपाध्यायले छाउपडि कुप्रथा अन्त्या लागी नगरपालीका सरकार सक्रिय भएको बताउनु भएको छ । हिजो मँगलसेन नगरपालीका वडा नः ४ मा छाउपडि गोठ ब्यवस्थापनका लागी अनुगमनमा निस्कनु भएकी उप– प्रमुख उपाध्यायले यस्तो बताएकी हुन ।
नेपाल सरकार गृह मन्त्रालय र अछाम जिल्ला प्रशासनको सुचना पछि अहिले छाउपडि गोठ भत्काउने अभियानले जिल्लाभर तिब्रता पाएको हो । अनुगमनमा जाँदा पहिले भत्काईएका असुरक्षित छाउगोठहरु पनि पुन : निर्माण गरी प्रयोग गर्दै आएको पाईएको उहाँको भनाई छ ।
आर्थिक अवस्था कमजोर भएका परीवारलाई वडाको सिफारीसमा आर्थिक सहयोग गर्न आफुले पहल गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभएको छ । एक्काईसौँ सताब्दीमा पनि पुरानै कुरीती लाई अगाल्दै जाने हो भने हाम्रो समाज परीबर्तन हुन नसक्ने उहाँको भनाई छ ।
महिनावारी का बेला छाउगोठमा बस्ने र बस्न लगाउने लाई कानुनको दायरा भित्र ल्याएरै छाड्ने उहाँको भनाई छ । अब पनि छाउगोठ प्रयोग गर्नेलाई स्थानिय सरकार बाट दिइने सुवा सुबिधा बाट पूर्णरुपमा बञ्चित गराइने चेतावनी समेत दिनुभयो ।
Discussion about this post