कमलबजार नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता

364
SHARES
175
VIEWS

अछाम । कमलबजार नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता जनाएका छन । नगरपालिकामा बालविवाह दिनप्रतिदिन बढिरहेकाले यसको निराकरणगरि पालिकालाले संञ्चालन गरेको अभियानमा साथ दिने प्रतिबद्धता जनाएका छन ।

बालविवाह न्युनिकरणका लागि किशोर किशोरी तथा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले समाजमा डरलाग्दो रूपमा बढिहेको बालविवाह न्युनिकरणका लागि नगरपालिकाले पनि बिशेश अभियान संञ्चालन गर्नुपर्ने र त्यसमा अा अाफ्नो क्षेत्र बाट सकारात्मक तरिकाले सहयोग गर्ने बताएका थिए ।

अहिले समाज बालविवाहकै कारणले बर्बाद हुन थालेकाले अब स्थानीय सरकारले पनि बिशेश योजना सहित अघिबढ्नुपर्नेमा जोड दिएका छन । नगर प्रमुख अोमप्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टलेले सामाजिक कुसंस्कारको अन्त्य नगरि समाजको विकास सम्भव नहुने भएकाले यस्ता कुप्रथाका बिरूद्व हातेमालो गरेर अघिबढन सबैलाई अनुरोध गर्नुभएको छ । यस्ता कुप्रथा अन्त्य गर्न ढिला भईसकेलाले यस्ता प्रथा चाडो हटाई अागामि दिनमा यस्ता क्षेत्रमा खर्च गरिने बजेट गुणस्तरिय कार्यमा मात्रै खर्च गरिने बताउनुभयो ।

नगरपालिकाले एकपछि अर्कोगरि सामाजिक अभियान सफल पार्दै गएकाले यो अभियान पनि सफल हुनेमा विश्वास ब्यक्त गर्नुभएको छ । अब बालविवाह गर्ने र गराउनेलाई पक्राउगरि कार्बाहिको प्रकृया समेत अघि बढाउने चेतावनी दिनुभएको छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख भूमिसरण ढकाल बजगाईले शिक्षा बिना समाज परिवर्तन हुन नसक्ने भएकाले बालविवाह जस्ता कुरिति अन्त्यका लागि अभिभावक शिक्षा समेत प्रभावकारी ढंगले अघि बढाईने बताउनुभएको छ । बालविवाहको कारणले महिलाहरू बढि समस्यामा पर्ने भएकाले यसतर्फ अाफ्नो गम्भीर ध्यानाकर्षण भएकाले अब बालविवाहका बिरूद्व नगरपालिका बिशेश योजनाका साथ अघि बढने र यसमा साथ दिन अनुरोध समेत गर्नुभएको छ ।

स्थानीयले साथ दिएमा चाडै कमलबजार नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषण गर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत खडग बहादुर बिष्ट , स्रोत ब्यक्ति ऋषिकेश ढकाल, कात्यायनि मावि हात्ती बाजका शिक्षक चक्र बिष्ट , रेडक्रस सोसाइटी अछामका खेम भट्टराई लगायतले मन्तव्य राख्दै बालविवाह अन्त्यका लागि नगरपालिकाले संञ्चालन गरेको सकारात्मक अभियानमा साथ दिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नगरपालिकाका १० वटै वडाका मावि स्तरका विद्यालयका विद्यार्थी , शिक्षक तथा सरोकारवालाको सहभागीता रहेको थियोे । पत्रकार टेक बहादुर थापाले सहजिरकरण गर्नुभएको कार्यक्रमको संञ्चालन पोषण शाखाका संयोजक पवित्रा भण्डारीले गर्नुभएको थियोे । बहुक्षेत्रिय पोषण योजना र कमलबजार शिक्षा शाखाको समन्वयमा कार्यक्रमको अायोजना गरिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार