मंगलसेन नगरपालिकामा सञ्चालित सडक र खानेपानी योजनाको अनुगमन

24
SHARES
134
VIEWS

अछाम । मंगलसेन नगरपालिकामा सञ्चालित सडक, खानेपानीका तीन योजना एक टोलीले अनुगमन गरिएको छ । नगरपालिकाको वडा नम्बर १४, १२ र ११ वडामा यसै आर्थिक वर्षमा सञ्चालन गरिएका योजनाहरूको अनुगमन गरिएको हो ।

नगरपालिकाका उपप्रमुख तथा योजना अनुगमन समिति संयोजक सरिता उपाध्यायको नेतृत्वमा वडा नम्बर १३ को खानेपानी, वडा नम्बर १२ र वडा नम्बर ११ को सडकको अनुगमन गरिएको हो ।

अनुगमन समितिका संयोजक उपाध्यायसहित नगरपालिका अधिकृत खकेन्द्र सोडारी, पत्रकार शिवराज ढुंगाना, प्राविधिक, उपभोक्ता समितिका पदाधिकारीको सहभागीता रहेको थियो । नगरपालिकाले आफ्नो नगर क्षेत्रमा रहेका योजना अनुगमनमा तिव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार