वडा अध्यक्ष हत्या प्रकरण : अझै लागेन हत्यारा पत्ता

37
SHARES
203
VIEWS

चन्द्र प्रसाद भाट,अछाम । गत माघ २० गते राति पञ्चदेवल बिनायक नगरपालीका वडा न ः २ का वडा अध्यक्ष पदम बहादुर धामीको हत्या भएपछि त्यसको बिरोध स्वरुप पञ्चदेवल बिनायक नगरपालीकाका सम्पुर्ण सेवा सुबिधामा रोक लगाईएको छ । वडा अध्यक्षको हत्या भएको भालीपल्ट नगर कार्यपालीकाको बैठकले अध्यक्ष धामीको हत्यारा पत्ता नलागुन्जेल सम्म अनिश्चिकालीन रुपमा नगरपालीका कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । अध्यक्ष धामीको हत्या भएको २ हप्ता पुग्नै लाग्दा पनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । हत्या भएको भोलीपल्टै धनगढी बाट कुकुर सहितको सिआईबिको टोली अछाम पुगेर अनुसन्धान गरेपनि हत्यारा अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

करीब २ हप्ता सम्म नगरपालीका कार्यालय बन्द हुँदा नागरीक मर्कामा परेका छन । हयारा पत्ता लगाउनका लागी नगर कार्यापालीकामा रहेका उच्चपदस्त अधिकारी हरुले पहल गरीरहेका छन । कार्यपालीका बैठकको निर्णयलाई अटेर गरी कार्यालय सञ्चालन गर्दा कानुन बिपरीत हुने भएकाले अहीले सम्म दैनिक प्रबाह हुने सेवा सुबिधाहरु दिन नसकिएको प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझिले बताउनु भयो । नगर कार्यालय सञ्चालन गर्न मुख्य जिम्मेवारी कार्यपालीका बैठकको हुने भएकाले अर्को निर्णय नहुन्जेल सम्म कर्मचारी हरुले मात्रै कार्यालय खोल्न नसकिने पनि उनको भनाइ छ ।

कार्यपालीकाका पदाधिकारी हरुले मृतकका आफन्तहरु सँग छलफल गरी सहमतिम आउने बाताबरण बनाएर कार्यालय सञ्चालन गर्ने निर्णय गर्दा उचित हुने उनको बुझाई छ । सहमतिमा आउनका लागी गृह मन्त्रालय सँग पनि नगर प्रमुख देवराज देवकोटाले पहल गरीरहनु भएको माझीको भनाई छ । हत्यारा पत्ता नलागुन्जेल मृतकका आफन्तहरु सहमतिमा नआउने हो भने नगरपालीका कार्यालय सञ्चालन गर्न सकिने सम्भावना देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार