चार हजार सुरक्षाकर्मी हाकिमका घरका भाँडा माझ्ने र बारी खन्ने

1.5k
SHARES
439
VIEWS

काठमाडौं : राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरुको घरमा घरेलु कामदार बनाइएका छन्। राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिम र नेताले आफ्नो सुरक्षा मात्र होइन, घरका भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा लगाएकाछन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनामा करिब चार हजारको संख्यामा सुरक्षकर्मी घरेलु कामदारको रुपमा खटिएका छन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।

कतिपय सुरक्षाको नाममा त केहीलाई सहयोगीकै रुपमा यसरी दुरुपयोग हुँदै आएको छ। कार्यालय सहयोगी तथा पिपाका नाममा भर्ना भएका कर्मचारी मात्र होइन सिपाही, हवल्दार तथा असइसम्मका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको छ।

नेपाली सेनामा एक हजार, सशस्त्र र नेपाल प्रहरीमा १५ १५ सय सुरक्षाकर्मी घरेलु कामदार छन्। राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिमले भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार