२२ पुस, काठमाडौं । तराई मधेस फास्ट ट्रयाकको विरोधमा ललितपुरको खोकनाका वासिन्दाले आफ्नै मुखमा कालो दलेका छन् ।
मंगलबार खोकनाको लाछिमा भेला भई स्थानीयले आफ्नो अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका हुन् ।
फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी लगायतका योजनामा स्थानीयको जग्गा र साँस्कृतिक संरचना मास्न लागेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले आफूहरुको कुरा सुन्दै नसुनेकाले विरोधको नयाँ स्वरुप अवलम्बन गरेको खोकनाको नेपाल साँस्कृतिक पुनर्जागरण अभियानका सदस्य मिलन डंगोलले जानकारी दिए ।
Discussion about this post