कर्णाली नदीमा जीप दुर्घटना : ३ जनाको मृत्यु , एक अझै वेपत्ता

32
SHARES
179
VIEWS

 

बाजुराको कर्णाली नदीमा जीप खस्दा ज्यान गुमाएका ४ मध्ये तीन जनाको सनाखत भएको छ। जीप मालिक समेत रहेका चालक बाजुराको जगन्नाथ गाउँपालिका ५ का २७ बर्षीय रमेश वहादुर शाही, हिमाली गाउँपालिका वडा नम्वर ६ का ३६ बर्षीय पवन भण्डारी र कैलाली जिल्ला मोहन्या गाउँपालिका ५ का ३३ बर्षीय दिनेश कुमार घर्तीमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटका अनुसार मृतक मध्ये एक जनाको सनाखत हुन सकेको छैन् भने बाजुरा स्वार्मीकार्तीक खापर गाउँपालिका –४ वाई बस्ने १३ बर्षीय सुशिला विक वेपत्ता छिन्। उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरिक्षक भाटले बताए।

दुर्घटनामा परि ४ जना घाईते भएका छन्। मुगुका २० बर्षीय गोम्चो लामा, सोही ठाउँका २१ बर्षीय टोर्चे लामा, बाजुरा बुढिनन्दा ६ की २२ बर्षीय सरु विक र उनकी २ बर्षकी छोरी घाईते भएकी छिन्। उनीहरु मध्ये टोर्चे र सरुको अवस्था गम्भिर रहेको र सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लैजाने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक भाटले बताए।

तर प्रतिकुल मौसमका कारण उनीहरुलाई अन्यत्र लैजान समस्या भईरहेको उनले बताए। घाईते ४ जनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार से १ ज १०६४ नम्बरको जीप बिहीबार दिउँसो कर्णाली नदीमा खसेपछि चार जनाको मृत्यु भएको थियो। हिमाली गाउँपालिकामा भीरबाट कर्णाली नदीमा जीप खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार