नगर स्तरिय बहुसरोकारवाला मन्च गठन कार्यक्रम पञ्चदेवल बिनायकमा सम्पन्न ।

31
SHARES
172
VIEWS

नगर स्तरीय बहुसरोकावाला मञ्च गठन कार्यक्रम पन्चदेवल बिनायक नगरपालिकामा सम्पन्न भएको छ ।

उत्तरदायी , पार्दशी तथा जवाफदेही स्थानीय शुसासनकालागी सहभागीतामुुलक , समावेशी तथा बृहत् नागरीक अभियान परिवर्तन परियोजना अन्तरगत आज पन्चदेवल विनायक नगरपालिका मा नगरपालिका स्तरीय बहुसरोकावाला मञ्च गठन कार्यक्रम सम्पन्न भएको छ।

पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सरकार,नागरिक समाज,सामाजिक संघ सस्था ,विभिन्न सञ्जाल र अन्य सरोकारहरुलाइ एउटै मञ्चमा बसेर नियमीत रुपमा आ आफुले गरेका कार्य हरुको प्रगति तथा सिकाई अनुभब आदान प्रदान गर्न र अहिलेसम्म गरियका कार्यक्रम तथा कृयाकलापहरु बाट हामीहरुले लक्षित वर्ग भनी काम गरेका वर्गमा के कस्तो सकरात्मक परिवर्तन आयो भनी छलफल तथा कसरी एक अर्कोले गरेको काममा सहयोग स्थापित गर्ने भन्ने विषयमा छलफल गरिएको छ।

स्थानीय सरकारको शासन प्रक्रियामा नागरिकहरुको अर्थ पुर्ण सहभागिता तथा संलग्नता वृद्धि र शुसासन प्रवध्र्दनका लागि सरोकारवाल बिच समन्वय तथा सहकार्य गर्ने उध्देश्य ले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको प्रस्तुत मालिका विकास संयोजक रतन रावलले गर्नु भएको थियो। कार्यक्रममा पन्चदेवल विननयक नगरपालिकामा पनि बहुसरोकारवाला मञ्च गठन गठन गरिएको छ।
नगर प्रमुखको संयोजकमा १७ सदस्यीय समिती गठन

जसमा संयोजन नगर प्रमुख देवराज देवकोटा, सदस्य उप प्रमुख अम्बिका चलाउने,कार्यपालिका का १७ जना सदस्य ,गै सरकारि सस्था ,वाक नेपाल ,दलित सेवा संघ, सेवक नेपाल , मालिका विकास संघ,आस्था नेपाल,पत्रकार बाट रेडियो पन्चदेवल एफ एम बाट तपेन्द्र ब। धामी, रेडियो परिवर्तन बाट मदन प्रसाद जैसी ,पहाड खबर पत्रिका बाट रमेश रावत,पहाड खबर डट कम बाट लोकराज ढकाल,दलित संन्जाल बाट जीवन वि क , महिला संन्जाल बाट लक्ष्मी कार्की ,यूवा संन्जाल बाट अध्यक्ष वा प्रतिनिधि ,
बाल संन्जाल बाट जीवन बुढा,जेष्ठ नागरिक बाट जगनाथ अधिकारी,वडा न १ बाट सुनसरा तिमिल्सैना , २ बाट शारदा नेपाली, ३ बाट शान्ति रोकाय,४बाट शान्ति शाही,ईलाका प्रहरी कार्यलय विनायक, सदस्य सचिव पदम व माझी गरि ४६ जनाको समिति गठन गरिएको छ।

कार्यक्रममा पन्चदवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा ,उप प्रमुख अम्बिका चलाउने, सम्पूर्ण वडा का वडा अध्यक्ष यवम वडा सदस्य, सम्पूर्ण सरकारी तथा गैर सरकारी सस्थाका प्रमुख तथा प्रतिनिधि ,,सम्पूर्ण सन्जालका प्रमुख तथा प्रतिनिधि पत्रकार लगाएतको सहभागीता रहेको थियो। पञ्चदेवल विनायक नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत पदम ब माझी को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन गोपी नेपाली ले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार