सरस्वति माबि जयगढका निबर्तमान प्रधानाध्यापक रावलको बिदाई

440
SHARES
386
VIEWS

सरस्वति माद्यामीक बिद्यालय जयगढका निर्बतमान प्रधानाध्यापक झपटसिंग रावलको आज एक कार्यक्रमकाबिच बिदाई गरिएको छ ।

केही दिन अघी स्वच्छिक अवकास लिनुभएका रावलको आज भब्य कार्यक्रमकासाथ बिदाई गरिएको हो । रावल बिगत २१ बर्षदेखि बिद्यालयमा अध्यापन गराईरहनु भएको थियो ।

बिदाई कार्यक्रममा बोल्दै निर्बतमान प्रधानाध्यापक रावलले बिबिध कारणले शिक्षण पेशाबाट अबकास लिएपनि गुणस्तरिय शिक्षकालागी सदैब आफ्नो महत्वपुर्ण योगदान रहने बताउनुभयो ।

आफुले बिद्यालयमा २१ बर्ष बडो ईमान्दारीताकासाथ काम गरेको रावलले उल्लेख गर्नुभयो । जयगढ तथा जयगढ क्षेत्रका थुपै्र मानिसलाई शैक्षिक अग्रगतिमा पुर्याउन आफ्नो महत्वपुर्ण योगदान रहेको र त्यो योगदानले आफैलाई नै गौरवान्बित तुल्याउले गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।

शिक्षक अभिभाबक संघका अध्यक्ष कृष्ण बहादुर साँउदको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बिद्यालय ब्याबस्थापन समितीका सदस्य नवराज साँउद रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी साँउदले झपटसिंग रावलले बिद्यालयलाई गरेको योगदान अतुलनिय रहेको उल्लेख गर्नुभको थियो । रावलबाट लिएको शिक्षा तथा प्रेरणाले उहाँले अध्यपन गराएका थुप्रै बिद्यार्थी माथिल्लो पदमा पुगिसकेको समेत साँउदले उल्लेख गर्नुभयो ।

रावल बिद्यालयको प्रधानाध्यपक भएकै कारण बिद्यालयले जिल्लामा छुट्टै पहिचान र अस्तित्व कायम गरेको समेत उहाँले उल्लेख गर्नुभयो । कार्यक्रमका अन्य अतिथीहरुमा बान्निगढी जयगढ गाँउपालिका वडा नं ५ का अध्यक्ष लाल कामी , बिद्यालयका बर्तमान प्रधानाध्यापक टेक बहादुर कुँवर , बिद्यालय ब्याबस्थापन समितीका सदस्य निर्मला साँउद , शिक्षक माहाँसंघका अध्यक्ष धिरेन्द्र रावल ,समाजसेबि जगत रावल , राम बहादुर साँउद , स्वबचन साँउद , लगाएत शिक्षक , बिद्यार्थी तथा अभिभाबकको सहभागीता रहेको थियो ।

बिद्यालय ब्याबस्थापन समितीका सदस्य निर्मला साँउदको स्वागत मनतब्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन शिक्षक युवराज शर्माले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार