ढुङै ढुङ्गाको राजधानीमा सिमेन्ट्का चौतारी बनाय, बनस्पतिको राज्यमा सिमेन्टकै स्वागतगेट बनाय, स्थानिय स्रोत साधन प्रचुर हुदाहुदै तालहरु र वरपरको जैबिक बिबिधतामा प्रतिकुल असर पर्ने गरेर सिमेन्ट्ले टालेर पानी छेके, ताल वरपर पर्खाल चिने,आदीकालदेखीको पशुपालन निमिट्यान्न हुनेगरी अनेक नियम बनाय कसरी प्रबर्द्धन हुन्छ पर्यटन हजुर।
यो स्वर्ग अथवा सुनको थालीमा हगेको पटक्कै सुहायन। प्रकृति संरक्षणको लागि पशु चौपाया बन्द गरेर मात्रै हुँदैन, यिनेरु यहाका शोभा हुन, पर्यावरण वातावरणमैत्री फरक प्रावधान ल्यायर हरेक प्रकारका प्राकृतिक संस्कृतिक ऐतिहासिक सम्पदा जोगाउनु सबैको दायित्व र बुद्धिमानी हो। धेरै राम्रा उपाय छन संरक्षणका तर धन्दावाल नेता र कर्मचारीको मगजले रामारोशन बिग्रेको छ।
जहाँ सडक बन्यो बन्यो स्तर राम्रो होस। अब तल्लो पाटन दल्लेनामा सडक कतै नबनाउनु राम्रो हुनेछ।त्यहा वरपरका का खर्क घरहरुलाई जीवन संस्कृतीलाई जस्ताको तेस्तै राखेर वरपरका सुन्दर गाउ तल्लो मल्लो पातल, तडिगैरा, नेटाकोट, भाटाकाटिया, रवागाउ, धनेसल्ला, जाततोला, आडीकाध जस्ता कैयनअरु सुन्दर गाउलाई सम्पदा गाउँ घोषणा गरी माटो, ठाउको सुन्दरता, जैविक बिबिधताकोलागी घातक प्लास्टिक शिशी तथा अन्य घातकबस्तु, बाहिरका अन्न तरकारी बिउ मुक्त बनाय त्यहा गुणस्तरीय पर्यटक आवश्य आउछन।प्रवेशद्वारका रुपमा रहेका बजार हरु हेर्नोस त!! जे पनि कैलाशमा मिल्काको छ, फोहोरमैलाले बिदेशी एकपटक आय कैलेइ फर्किन्न। जुन बाटो गयो तेइ बाटो फर्केर के को पर्यटन??
दर्जनौ ठाउबाट इन्ट्री एक्जीट पोइन्ट र राम्रा पैदल मार्ग बनाय रुप्सा लालु कलेकाडा बाजुरा बिनायक छतासैन जैकढ मंगलसेन जस्त अरु कैयन कैयन हिमालीपहाडी ठाउबाट सदाबहार मानिस आवतजावत गर्छन। अनेक भन्यो डिपिआर भन्यो मास्टर प्लान भन्यो एकशन केही छैन अर्थपूर्ण। एक समान्यकुरो, वरपरका बजार गाउ घरमा प्लास्टिक शिशीले रबरले कस्तो असर पुराउछ भनेर खटेर जनता सचेत गर्न नसक्ने हरु केको नेता केको कर्मचारी ?? झन स्थानिय जातका पशु चौपाया बीउ बिजनलाई एनजीओ वालाहरुले निली सके, अझै बाड्दै छन, कसले हेर्छ??
पर्यटन भनेको खाने बस्ने मानिस मिजास रहन संस्कृती परम्परा प्रकृती हरेक सम्पदा खोलानाला ताल पहाड बनस्पति अन्न पशु चौपाया आदि अझ धेरै कुरोको सिङ्गो रुप हो, नकी केइ बोतल दारु होटेल र कोठा मात्रै। यो कुरो बुझौ सबैले, सबैलाई बुझाउ। हाम्रो ठाउँ प्रकृतीको बरदान भयरपनी अस्तब्यस्त फोहरग्रस्त किन यति बढी???हरेक ठाँउ जहागयो तेस्तै छ। रामारोशनमा कति प्लास्टिक टिपेर हिड्यो यो मानिस कति सक्नु।
अनि अर्को नबुझेको कुरो के हिडेर जानेले सडकै सडक हिड्नु?? के गरेर बस्छन यी धेरै गाउँ नगर पालीका?? डोजरले बाटो खने मात्रै बाटो हुने?? पैदलबाटाहरु खोइ राम्रो बनाको?? कैयन कुरा छन, अहिले यत्ती।बाकी भ्रमण गरेका महानुभाव्ले थप्नुहोस। अनि रामारोशनमा केइ ठाउमा पैदल ट्रयाक वनायर सिमेन्टकै पनिङगरेको कती आत्मघाती छ, स्थानिय भन्थे, दुई जना लडेर लखिमपुर पुगीसके अस्पताल।यति पनि बिजोग हुन्छ कुनै ठाँउ, को जिम्मेवार ???? भाते नेता र कर्मचारी ठिक भय यस्तो हुन्छ?? जिम्मेवार स्थानियले अब छोपी छोपी भकुर्नै पर्ने हो कि??
याे लेख तेजबिक्रम शाहिले लेख्नु भएकाे हाे ।
Discussion about this post