तपाई पनि जानिराखौं महिला कण्डम प्रयोगबारे

249
SHARES
1.4k
VIEWS

स्त्री कण्डमलाई यौनसम्पर्क गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्दछ । तर तल्काल प्रयोग गरेर यौनसम्पर्क गर्न मिल्दैन । कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको रिङ्गलाई योनी भित्र राख्नु पर्दछ । मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद गुज्रिएको भए प्रयोग गर्नु हुदैन । यौन सम्पर्कपछि तुरुन्त झिकेको कण्डमको उचित व्यवस्थापन गर्न जरुरी छ । याद गर्नुपर्ने कुरा केछ भने, पुरुष कण्डम जस्तै स्त्री कण्डमसमेत पुनस् प्रयोग मिल्दैन ।

सकभर कण्डम किन्दा उच्च गुणस्तरको छान्नु पर्दछ । महिला कण्डम एक किसिमको बलियो रबरलेनै बनेको हुन्छ । पुरुष कण्डम भन्दा बनाउन समय र मेहनत लाग्ने हुदा केही महङ्गो हुन्छ । महङ्गो र झन्झटको रुपमा नसम्झेर सुरक्षित उपायका रुपमा यसको प्रयोगलाई जोड दिन सकिए अनिश्चित गर्भ र यौन रोगको संक्रमणबाट जोगिन सकिन्छ ।

विशेषतस् पछिल्लो समय पुरुष कण्डम प्रयोगले महिला पुरुषबीच यौन सन्तुष्टिको विषयलाई लिएर तिक्तता उत्पन्न भएका जानकारी बाहिर आइरहन्छन् । ता कि पुरुष कण्डम प्रयोगले चरम आनन्द नआउने टिका टिप्णी हुन्छन् । नेपालको सन्दर्भमा महिला कण्डम प्रयोगको जानकारी र प्रयोगको चलन बढेको छैन । महिला कण्डम प्रयोगबारे नकारत्मक टिप्पणी भन्दा सकारात्मक पक्षको ज्ञान बाड्न सके प्रजनन् स्वास्थ्यका क्षेत्रमा केहि सुधार हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार