अछाम । कमलबजार नगरपालिका वडा न ४ मा रहेको पशुपति मावि चाल्सामा बालविवाह बिरूद्व सरोकारवाला संग बृहत अन्तर्कृया गरिएको छ । वडा अध्यक्ष ललित ढोलीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले कमलबजार नगरपालिकामा पनि बालविवाह डरलाग्दो अवस्थामा रहेकोले किशोर किशोरीहरू अब जागरुक हुनुपर्ने बेला आएको बताएका छन ।
बालविवाह गर्दा हुने वेफाईदाको बारेमा जानकारी हुदाहुदै पनि बालविवाहमा कमि नआएको भन्दै चिन्ता ब्यक्त गरेका छन । अन्तरक्रिया कार्यक्रममा बोल्ने किशोर किशोरीले बालविवाह आफुपनि नगर्ने र समाजमा पनि हुन नदिने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै समाजसेवी कटक बहादुर साउदले समाज परिवर्तनका संम्बाहक विद्यार्थी भएको भन्दै अब बालविवाह न्युनिकरणा लागि किशोर किशोरि प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
बालविवाह सामाजिक अपराध भएकाले बालविवाह गर्ने र गर्न लगाउनेलाई सामाजिक बहिस्कार गर्न समेत अनुरोध गर्नुभएको छ । बहुक्षेत्रिय पोषण योजना कमलबजार शाखा र शिक्षा शाखा कमलबजारको आयोजनामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कटक बहादुर थापा लगायत सरोकारवालाको सहभागीता रहेको थियोे ।
शिक्षाशाखा कमलबजारका प्रमुख ऋषिकेस ढकालले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजिकरण पत्रकार टेक बहादुर थापाले गर्नुभएको थियोे ।
Discussion about this post