अछाम । पुर्व उपप्रधनमन्त्री भीमबहादुर रावलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतामा भ्रम सृजना गरेर भारतीय दलालको काम गरेको ठोकुवा गर्नुभएको छ । सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको भन्नु भारतीय पक्षलाई रिझाउने काम भएको बताउनुभयो ।
एक कार्यक्रममा गर्दै पुर्व उपप्रधनमन्त्री रावलले प्रधानमन्त्रीले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेको भए पार्टीले कार्वाही गर्ने दावि गर्नुभयो । तर लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गर्ने प्रधानमन्त्री दिएको सहमति देउवाले प्रमाण ल्याउन चुनौति दिनुभयो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै द्विविधा नभएको भन्दै भारतसँग कुटनीति ढंगबाट वार्ता गरी जमिन फिर्ता गरिने बताउनुभयो ।
यस्तै रावलले सेती लोकमार्ग, मध्य पहाडि लोकमार्ग, बुढीगङ्गा जलबिधुत आयोजना र साँफेबगर एयपोर्ट काग्रेस सरकार पालामा सुरुवात गरेर सम्पन्न गरेको भनेर जनातामा भ्रम छरेकोमा आफू चकित परेको बताउनु भयो । उहाँले बिकास निर्माणका काममा सहयोग गर्नुको सट्टा कांग्रेस निकटका ठेकेदारले असहयोग गरेको ठोकुवा गर्नु भयो ।
नेता रावलले मंगलसैन दरवारको काम ढिलाई गर्ने काँग्रेस निकट ठेकेदार डडेल्धुराको पर्शुराम नगरपालिका प्रमुख भीम साउदको अव प्रोत्साह स्वरुप भित्ता भित्तामा फोटो टासिने बताउनुभयो । उहाँले आगमि मंसिर १४ गते हुने चुनाव काँग्रेसको लागि प्रतिष्ठाको विषय भएको बताउँदै कम्युनिष्टको सहजै जित हुने बताउनुभयो । काँग्रेसका झुटा आश्वासनमा जनता नभुल्ने धारणा व्यक्त गर्नुभयो ।
यस्तै उहाँले वुढीगंगाको कटान रोक्न आफूले तारेको कुना देखि वैद्यनाथ धामसम्म डिपिआर बनाउन पहल गर्दै आएको बताउनुभयोे । यसको लागि स्थानीय देखि प्रदेश सरकारको ध्यान जानु पर्नेमा जोड दिनुभयो ।
Discussion about this post